काठमाडौँ– प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले शुक्रबार बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन्। उमेरसम्बन्धी प्राविधिक कारणबाट आज शपथ लिन नसकेपछि उनलाई संघीय संसद् सचिवालयले भोलि मात्र शपथ गराउने तयारी गरेको छ । यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शुक्रबार बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउनेछन् । सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई बिहीबार […]