खोटाङको साप्सु खोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
साप्सु खोलाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको ३३ केभी जलजले–बुइपा प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
६.६ मेगावाट क्षमताको साप्सु खोला जलविद्युत् आयोजनाको पावर हाउस जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११, राजापानीमा रहेको छ ।
आयोजनामा हिमालयन बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्कको...