सिमेन्टको मसला बनाउँदै गर्दा भेटिइन् सानी माझी। निर्माणाधीन घरको हात्तीपाइले पुर्न श्रीमानलाई सघाउँदै छिन् उनी। छेवैमा आकार लिइसकेको घरमा भाइको मद्दत लिएर झ्याल राख्न व्यस्त छन् सीताराम माझी पनि । १०–१२ जना गाउँलेको समूह सामुन्नेमै मानबहादुर माझीको घर ढलान गरिरहेका छन्। मानबहादुर भने ढलान भोज खुवाउने तयारीमा जुटेका थिए।