सुदूरपश्चिम – लागुऔषधको ओसारपसार र सेवनकर्ता बढ्न थालेपछि यसको रोकथाम एवं न्यूनीकरणका लागि कैलालीसहितका जिल्लामा छात्र–छात्रामा चेतना अभिवृद्धिसम्बन्धी कार्यक्रम थालिएको छ । लागुऔषधको सेवनबाट अधिकांश किशोर–किशोरी प्रभावित हुन थालेपछि उनीहरूलाई लक्षित गरी चेतनामूलक कार्यक्रम थालिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता उज्ज्वल महर्जनले बताए । नेपाल प्रहरीले सञ्चालन गरेको ‘लागुऔषधविरुद्धको महाअभियान २०८०’ अन्तर्गत धनगढीको एसपिए, नास्टलगायतका […]