‘ग्लोबल मनी विक’मा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम

काठमाडौं । ‘ग्लोबल मनी विक’का अवसरमा नेपाल राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयले वित्तीय चेतना अभिवृद्धिसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।  सो अवसरमा राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयले यही चैत ५ गते विराटनगर महानगरपालिका क्षेत्रका उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीबीच निबन्ध प्रतियोगिता आयोजना गरेको थियो । राष्ट्र बैंकले सोही दिन विराटनगरस्थित महेन्द्र माध्यमिक विद्यालयमा प्राथमिक तहमा अध्ययनरत विद्यार्थीलाई खुत्रुके वितरण गरेको थियो । यस्तै, चैत ६ गते सुनसरीको भुटाहास्थित बालकृष्ण माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययरत ५० जना विद्यार्थीलाई र चैत ८ गते कटहरी गाउँपालिका–७, थलाहास्थित जनता माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययनरत ६० जना  विद्यार्थीलाई सहभागी गराई सम्बन्धित विद्यालयमा बचत, लगानी, कर्जा, बीमा, विप्रेषण, डिजिटल बैंकिङ लगायतका विषय समेटेर कक्षा सञ्चालन गरेको थियो ।  राष्ट्र बैंकले चैत ७ गते विराटनगर महानगरपालिकास्थित सत्यनारायण माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययनरत ५० जना विद्यार्थीलाई विराटनगरस्थित आफ्नो कार्यालयको अवलोकन भ्रमण गराउनुका साथै बैंकको सभाहलमा वित्तीय चेतना अभिवृद्धि कक्षा सञ्चालन गरेको थियो । राष्ट्र बैंकले यही चैत ११ गते निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई क्रमशः रु. दश हजार, रु. पाँच हजार र रु. तीन हजार नगद पुरस्कारसहित प्रमाण पत्र तथा मेडल प्रदान गरेको छ ।  निबन्ध लेखन प्रतियोगितामा पोखरिया माध्यमिक विद्यालयकी श्रेया गुप्ता प्रथम, बाल कल्याण माध्यमिक विद्यालयकी स्वीकृती अधिकारी द्वितीय र आदर्श माध्यमिक विद्यालयका आदर्श बराल तृतीय भएका छन् । ग्लोबल मनी विक यही चैत ५ देखि ११ गतेसम्म मनाइएको हो । 

सम्बन्धित सामग्री

बचतको तुलनामा उपभोग र खर्च गर्ने प्रवृत्ति बढी : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बचतको तुलनामा उपभोग र खर्च गर्ने प्रवृत्ति बढी रहेको बताएका छन् । ग्लोबल मनी विक २०२३ का अवसरमा सोमवार आयोजित कार्यक्रममा बोल्दै उनले बचतको बानी विकास गर्न युवा विद्यार्थीलाई आग्रह गरे । ‘राष्ट्रिय आयसँग दाँजेर हेर्ने हो भने हाम्रो बचतको प्रवृत्ति कमजोर छ । त्यसैले हामीले बचत गर्ने बानी विकास गर्नुपर्छ,’ गभर्नर अधिकारीले सुझाव दिए, ‘बचतले नै लगानी र आम्दानीको बाटो देखाउँछ ।’ हरेक वर्ष मार्चमा साताव्यापी रूपमा मनाइने ‘ग्लोबल मनी विक’को अवसरमा सोमवार राष्ट्र बैंकले विभिन्न कलेजका सयभन्दा बढी विद्यार्थीको सहभागितामा ललितपुरमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको हो । नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेडसँगको सहकार्यमा कार्यक्रम गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । कार्यक्रममा गभर्नर अधिकारीले युवा विद्यार्थीमाझ वित्तीय जागरण र वित्तीय चेतना अभिवृद्धिका लागि ग्लोबल मनी विकको अभियान महत्त्वपूर्ण अवसर रहेको उल्लेख गर्दै बैंकिङ, पूँजी बजार, बीमाजस्ता वित्तीय क्षेत्रबारे जानकारी लिन र आफूले सिकेका ज्ञान/शीप समाज र परिवारमा समेत बाँड्न आग्रह गरे । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रसँगै राष्ट्र बैंक र वित्तीय क्षेत्रका अन्य नियामक निकायका उच्च अधिकारीहरूको उपस्थिति थियो । कार्यक्रममा राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण र सहकारी विभागका तर्फबाट वित्तीय चेतना प्रवर्द्धनलाई समेटिएका चारओटा कार्यपत्र प्रस्तुत गरिएको थियो । चैत १२ गतेसम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रम सञ्चालन हुनेछन् । यस्तै नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेड, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमार्फत अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना हुनेछन् ।