भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग नेपाललाई हस्तान्तरण भएको छ । शुक्रबार एक समारोहबीच भारत सरकारले नेपाल सरकारलाई रेलमार्ग हस्तान्तरण गरेको हो । भारत सरकारको तर्फबाट परियोजनाको कार्यान्वयन निकाय इरकाँन इन्टरनेशनल लिमिटेडले सो रेल खण्ड नेपाल सरकारको तर्फबाट उपस्थित नेपाल रेलवे कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेको थियो। भारतले जयनगरदेखि कुर्थासम्मको ३४.९ किलोमिटर न्यारो गज खण्डलाई ब्रोड गजमा रुपान्तरण गर्ने कार्य गरेको हो। जसको निर्माण लागत ८.७७ अर्