संवैधानिक इजलासमा बहस : वरिष्ठ अधिवक्ताले प्रधानन्यायधीश जबरालाई बिदामा जान किन भने ?

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमा अहिले संवैधानिक इजलासमा बहस भइरहेको छ। आजको बहस प्रतिनिधिसभा विघटनभन्दा संवैधानिक इजलास गठन प्रक्रियामा नै केन्द्रित छ। हालसम्म भएको सुनुवाइमा निवेदकका तर्फबाट बहस गरिरहेका अधिवक्ताहरुले न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठाउँदै उनीहरुलाई हटाउन माग गरेका छन्। श्रेष्ठले नेकपा विभाजनको फैसलामा संलग्न भएको र…