न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासबाट रोकिएको संवैधानिक इजलास शुक्रबारबाट नियमित भएको छ । शुक्रबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलासको गठन गरेपछि ६ महिनापछि संवैधानिक इजलास बस्न लागेको हो । आफैँ विपक्षी र झगडिया भएको मुद्दामा प्रधानन्यायाधीश बस्न मिल्ने कि नमिल्ने भन्ने विषयमा लामो बहस भएपछि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सुनुवाइको पहिलो दिन र फैसला आउने दिन आफू अनुपस्थित हुने र संवैधानिक इजलासमा आफ्नो राय नदिने भन्दै रिक्युजलको घोषणा गरे