तीन हजार भोट गन्दा मुकेश काफ्लेलाई लज्जाजनक भोट !

नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि खुलातर्फ उम्मेदवारी दिएका डा. मुकेशराज काफ्लेले अत्यन्त लज्जास्पद भोट प्राप्त गरेका छन् ।  आइतवार दिउँसो सवा ३ बजेसम्म २ हजार ९९३ भोट गणना हुँदा काफ्लेले मात्र २८९ भोट पाएका छन् । सबभन्दा धेरै डा. शशांक कोइरालाले दुई हजार ४४२ मत पाएका छन् ।  नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक रहेका काफ्लेले नेपालबाट लोडसेडिङ अन्त्य भए कुनै सार्वजनिक पद धारण नगर्ने बताएका थिए । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ आउनुपूर्व काफ्ले कार्यकारी थिए । उनी पुल्चोक इन्जिनियरिङ...

सम्बन्धित सामग्री

भेल्लु बाजेलाई दुई हजार दिएर भोट मगाएकाे आरोपबारे के भन्छन् सूर्य थापा ?

बुढाको दाबी सही हो भने, एमालेले पैसा दिएर भोट मगाउनु निर्वाचित आचारसंहिताविपरीतको काम हो । निर्वाचन आयोगले उम्मेदवार थापालाई स्पष्टीकरण सोध्न सक्छ

अब कैदीबन्दीले पनि भोट हाल्न पाउने, थपिने भए झण्डै २५ हजार मतदाता

अब जेलमा भएका कैदीबन्दीले पनि भोट हाल्न पाउने भएका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेश आएसँगै जेलजीवन बिताइरहेका कैदी र बन्दी दुवैले भोट हाल्न पाउने भएका हुन् ।

काठमाडौँ उपप्रमुखको भोट ६२ हजार बदर हुँदा प्रमुखको ३१ हजार

काठमाडौँ – वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा काठमाडौँ महानगरपालिकामा उपप्रमुखको भोट सर्वाधिक बदर भएको छ। मुख्य निवाचन अधिकृतको कार्यालयका अनुसार उपप्रमुखमा खसेको मध्ये ६२ हजार २ सय ७० मत बदर भएको छ। मतदानको १४ दिनपछि शुक्रबार काठमाडौँको गणना सकिएको छ। एमालेकी उपप्रमुखकी उम्मेदवार सुनिता डंगोलले ६८ हजार ६ सय १२ मत ल्याएर विजयी […]

बालेन शाहले कटाए दुई हजार भोट

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले दुई हजार भोट कटाउनु भएको छ । पछिल्लो मत परिणामअनुसार शाहले २ हजार ७१ मत पाउनु भएको छ । शाहलाई नेकपा एमालेका केशव स्थापितले पछ्याई रहनु भएको छ । स्थापितले १ हजार १६४ मत ल्याउनु भएको छ भने नेपाली कांग्रेसकी सिर्जना सिंहले १ हजार ६ मत […]

“१५ हजार फिटको हिउँ छिचोलेर कसरी भोट हाल्न जाने ?”

काठमाडौं, २८ वैशाख । मानवअधिकारवादी नेता सुदीप पाठकले हुम्लामा मतदाता उपस्थित नभईकन वारेस भोट हाल्ने प्रचलन रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाठकले भने, “यति बेला म कर्णाली प्रदेशको हुम्ला जिल्लामा छु । ५४ मतदान केन्द्र रहेको हुम्लामा २५५ कर्मचारी र १,१९५ सुरक्षाकर्मी […]

गठबन्धनभन्दा डबल भोट ल्याउँछु, ५४ सालमै ८४ हजार भोट ल्याएको मान्छे हुँ : स्थापित

काठमाडौं : नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरको मेयरका उम्मेदवार केशव स्थापितले आफूले गठबन्धनका उम्मेदवारभन्दा दोब्बर मतले विजयी हुने दाबी गरेका छन्। राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरुसँग कुरा गर्दै स्थापितले आफू यसअघि नै परीक्षणमा सफल भएको मान्छे भएकाले दोब्बर मत ल्याउने दाबी गरेका हुन्। 'उहाँहरुले अलि कम ल्याए मलाई पनि सजिलो हुन्छ, ४० हजार गठबन्धनले ल्यायो भने मैले ८० हजार ल्याउनुपर्‍यो उनले भने, ७० ल्याए १ लाख ४० हजार भोट ल्याउनुपर‍यो। तर

३ हजार भोट गन्दा गायक विमलराज क्षेत्रीलाई ३४० भोट !

नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यको लागि जारी मतगणना अन्तिम चरणमा पुग्दै गर्दा अधिकांश पुराना अनुहार अगाडि देखिएका छन् ।  खुलातर्फको ३५ केन्द्रीय सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा छन् ।  केन्द्रीय सदस्यको प्रतिस्पर्धामा रहेका गायक विमलराज क्षेत्रीले दुई हजार ९९३ मतगणना भइसकेको समयमा ३४० भोट प्राप्त गरेका छन् । उनी अहिले शीर्ष स्थानबाट ७३ स्थानमा छन् ।  सबभन्दा धेरै डा. शशांक कोइरालाले दुई हजार ४२४ मत पाएका छन् भने सबभन्दा कमी रहेका गणेश बिमलीले ८५ मत प्राप्त गरेका छन् ।

महामन्त्रीमा प्रकाशशरण महतको तुलनामा गगनको दोब्बर भोट

नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको मतगणनामा युवा नेता गगन थापाले फराकिलो अग्रता बनाएका छन् । ३ हजार १२० भोट गणना हुँदा गगनले २ हजार ३७ मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले १ हजार २५५ र तेस्रो स्थानमा रहेका प्रकाशशरण महतले १ हजार २४ मत प्राप्त गरेका छन् । चौथो स्थानमा रहेका प्रदीप पौडेलले ९३५ मत प्राप्त गरेका छन् । संस्थापन पक्षका उम्मेदवार महतभन्दा डा. शेखर कोइराला प्यानलका उम्मेदवार गगन थापाको भोट झण्डै दोब्बर छ । महामन्त्रीका लागि सोमवार भएको मतदानमा ४ हजार ६८१ मत खसेको थियो ।

कांग्रेस सभापतिको चुनावमा अब १ हजार भोट खस्न बाँकी

नेपाली कांग्रेसको सभापति निर्वाचित गर्न भइरहेको दोस्रो चरणको चुनावमा अब १ हजार भोट खस्न बाँकी रहेको छ । निर्वाचन समितिका अनुसार ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये अब १ हजार भोट खस्न बाँकी रहेको छ । मतदान सकिएलगत्तै मंगलवारै राति सभापति पदको मतगणना गर्ने निर्वाचन समितिको तयारी रहेको छ ।

नाडाको मतदान प्रक्रिया सकियो, २ हजार ८ सय भोट खस्यो

नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको नेतृत्व चयनको मतदान प्रक्रिया सम्पन्न भएको छ । बिहीबार बिहान ८ बजेदेखि सुरु भएको मतदान प्रक्रिया अपराह्न ३ बजेर १० मिनेटमा सम्पन्न भएको हो । निर्वाचन समितिले दिएको जानकारी अनुसार कुल तीन हजार १०० मतमा २८ सय प्रतिनिधिहरूले भोट खसालेका छन् । कुल भोटिङ सदस्य सङ्ख्या तीन हजार १८७ रहे पनि तीन हजार १०० जनाले भोटिङ कार्ड लिएको सो मध्ये पनि २ हजार ८०० जनाले मात्र भोट हालेको नाडाका वर्तमान अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए । बाँकी ३०० जना भोटिङ प्रक्रियामा