नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यको लागि जारी मतगणना अन्तिम चरणमा पुग्दै गर्दा अधिकांश पुराना अनुहार अगाडि देखिएका छन् ।
खुलातर्फको ३५ केन्द्रीय सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा छन् ।
केन्द्रीय सदस्यको प्रतिस्पर्धामा रहेका गायक विमलराज क्षेत्रीले दुई हजार ९९३ मतगणना भइसकेको समयमा ३४० भोट प्राप्त गरेका छन् । उनी अहिले शीर्ष स्थानबाट ७३ स्थानमा छन् ।
सबभन्दा धेरै डा. शशांक कोइरालाले दुई हजार ४२४ मत पाएका छन् भने सबभन्दा कमी रहेका गणेश बिमलीले ८५ मत प्राप्त गरेका छन् ।