कांग्रेस सभापतिको चुनावमा अब १ हजार भोट खस्न बाँकी

नेपाली कांग्रेसको सभापति निर्वाचित गर्न भइरहेको दोस्रो चरणको चुनावमा अब १ हजार भोट खस्न बाँकी रहेको छ । निर्वाचन समितिका अनुसार ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये अब १ हजार भोट खस्न बाँकी रहेको छ । मतदान सकिएलगत्तै मंगलवारै राति सभापति पदको मतगणना गर्ने निर्वाचन समितिको तयारी रहेको छ ।  

सम्बन्धित सामग्री

डडेलधुरा कांग्रेसका २ पूर्व जिल्ला सभापतिको समर्थन कर्ण मल्ललाई

१७ कात्तिक, डडेलधुरा । नेपाली कांग्रेस डडेलधुराका २ पूर्व जिल्ला सभापतिले आगामी चुनावमा कर्ण मल्ललाई समर्थन गर्ने घोषणा गरेका छन् । कांग्रेस डडेलधुराका पूर्व जिल्ला सभापति शेरबहादुर ढाँट र रामचन्द्र चटौतले पार्टीका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको साथ छाडेर मल्ललाई समर्थन गरेका हुन् । ढाँट र चटौतले आगामी चुनावमा प्रतिनिधि सभाका उम्मेदवार कर्ण मल्ल र प्रदेश […]

कांग्रेस मोरङ सभापतिको नाम प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस

मोरङ- मोरङको क्षेत्र नम्बर १ बाट आउँदो चुनावमा प्रतिनिधिसभाको उम्मेदवार बन्नका लागि नेपाली कांग्रेसले जिल्ला सभापति डीगबहादुर लिम्बूको नाम सिफारिस गरेको छ। जिल्लाको क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (ख)कार्यसमितिको मंगलबार बसेको बैठकले संघीय चुनावका लागि लिम्बूसहित महाधिवेशन प्रतिनिधि रामकुमार पोखरेलको नाम सिफारिस गरेको हो। कार्यसमितिका कार्यवाहक सभापति मनोज खड्काका अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ दिव्यदेवी बस्नेतको नाममा […]

कांग्रेस सभापतिको चुनावमा ८ बजेसम्म ३ हजार ८०० मत खस्यो

नेपाली कांग्रेसको सभापति पदका लागि भइरहेको दोस्रो चरणको चुनावमा राति ८ बजेसम्म ३ हजार हजार ८०० मत खसेको छ । दोस्रो चरणमा प्रतिस्पर्धीहरू सभापति शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच चुनावी भिडन्त भइरहेको छ । पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले खसेको मतको ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव भइरहेको छ । अब केही समयमा मतदान सकेर राति नै मतगणना गर्ने निर्वाचन समितिको तयारी रहेको छ ।

कांग्रेस सभापतिको चुनावमा साँझ साढे ७ बजेसम्म ३ हजार मत खस्यो

नेपाली कांग्रेसको सभापति पदका लागि भइरहेको दोस्रो चरणको चुनावमा साँझ साढे ७ बजेसम्म ३ हजार मत खसेको छ । हालसम्म सुदूरपश्चिम, बागमती र १ नम्बर प्रदेशका महाधिवेशन प्रतिनिधिले मतदान गरिसकेका निर्वाचन समितिले जनाएको छ । दोस्रो चरणमा प्रतिस्पर्धीहरू सभापति शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच चुनावी भिडन्त भइरहेको छ । पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले खसेको मतको ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव भइरहेको छ । अब केही घण्टामा मतदान सकेर राति नै मतगणना गर्ने निर्वाचन समितिको तयारी रहेको छ...

कांग्रेस सभापतिको चुनावमा साँझ ७ बजेसम्म २ हजार ७०० मत खस्यो

नेपाली कांग्रेसको सभापति पदका लागि भइरहेको दोस्रो चरणको चुनावमा साँझ ७ बजेसम्म २ हजार ७०० मत खसेको छ । साँझ ७ बजेसम्म सुदूरपश्चिम, बागमती र १ नम्बर प्रदेशका महाधिवेशन प्रतिनिधिले मतदान गरिसकेका निर्वाचन समितिले जनाएको छ । दोस्रो चरणमा प्रतिस्पर्धीहरू सभापति शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच चुनावी भिडन्त भइरहेको छ । पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले खसेको मतको ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव भइरहेको छ । अब केही घण्टामा मतदान सकेर राति नै मतगणना गर्ने निर्वाचन समितिको तयारी र...

कांग्रेस महाधिवेशन : सभापतिमा देउवालाई नै समर्थन गर्दै निधी

काठमाडौँ- कांग्रेस सभापतिको पहिलो चरणबाट बाहिरिएका उपसभापति विमलेन्द्र निधीले शेरबहादुर देउवालाई नै समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् । कांग्रेस सभापतिको दोस्रो चरणको चुनावमा  देउवा र नेता शेखर कोइराला प्रतिस्पर्धामा छन् । तर कोइरालालाई नेता प्रकाशमान सिंह र निधी दुबैले समर्थन नगर्ने भएका छन् । देउवाको विकल्प खोज्दै चुनावी मैदानमा उत्रिएका उनीहरूबीच अन्ततः एकमत नहुँदा कांग्रेसको […]

सिंहको समर्थनपछि देउवाको जित सुनिश्चित जस्तै

काठमाडौँ – कांग्रेस सभापतिको दोस्रो चरणको चुनावमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गरेपछि उनको जित सुनिश्चित जस्तै भएको छ। सभापतिमा निर्वाचित हुनका लागि देउवालाई ८२ मतको कमी भएपछि पुनः मतदान हुने भएको छ। कांग्रेस निर्वाचन समितिका अनुसार देउवाले २२५८ मत प्राप्त गरेका हुन्। खसेको मतको ५० प्रतिशत कटाउनुपर्ने विधानको व्यवस्था छ। सोमबार भएको निर्वाचनमा ४६७९ […]

कांग्रेस बागमती प्रदेश सभापतिको चुनावमा २ हजार २५ मत खस्यो

हेटौंडा : नेपाली कांग्रेस बागमती प्रदेश सभापतिका लागि आइतबार भएको दोस्रो चरणको मतदानमा २ हजार २५ मत खसेको छ।शनिबार भएको मतदानमा सभापतिका उम्मेदवारहरूमध्ये कसैको पनि ५१ प्रतिशत मत नआएपछि आइतबार पुनः मतदान भएको थियो।सभापतिका लागि आइतबार भएको मतदानमा २ हजार २५ जनाले मत खसालेका छन्। २ हजार १ सय ५१ मतदाता रहेकोमा शनिबार २ हजार ८३ जनाले मतदान गरेका थिए।सभापतिमा ३ जना उम्मेदवार रहेकोमा एकजना शनिबारको मतदानबाट बाहिरिएसँगै आइतबार दुईजनाका लागि मतदान भएको थियो।सभापतिमा संस्थापन पक्षबाट इन्द्रबहादुर बानिया

कांग्रेस लुम्बिनीको चुनावमा यी हुन् पौडेल पक्षका पदाधिकारीका उम्मेदवार

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको नेतृत्वका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पदाधिकारीका उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन बिहीवारदेखि रूपन्देहीको भैरहवामा शुरू हुँदैछ । पौडेल पक्षले रोल्पाका अम्मर पुनलाई प्रदेश सभापतिको उम्मेदवारका रूपमा अगाडि सारेको छ । उनी रोल्पा कांग्रेसको निवर्तमान सभापति तथा पूर्व राज्यमन्त्री हुन् ।  उपसभापति पदमा गुल्मीका भुवनप्रसाद श्रेष्ठ र रूपन्देहीका अष्टभूजा पाठकलाई उम्मेदवार बनाइएको छ । श्रेष्ठ गुल्मीका पूर्व कांग्रेस सभापति तथा पाठक प्रदेश सांसद हुन् ।&nb...

लमजुङ कांग्रेसमा लफडा, मतपत्र जलाउँदै नगर अधिवेशन स्थगित

१० भदौ, पोखरा । नेपाली कांग्रेस लमजुङ राइनास नगरपालिका समितिको चुनावमा मतपत्रमा अंक र एउटा धर्को छुटेको विवादले मतपत्र नै जलाइएको छ । मतपत्रमा सभापतिको उम्मेदवारको क्रम संख्या र मतदान गर्दा चिह्न लगाउने ठाउँमा धर्को छुट्दा उत्पन्न विवादले राइनास तनाबग्रस्तमात्रै बनेन, निर्वाचन नै स्थगित भएको छ । राइनास नगरमा कांग्रेस सभापति शेरबहादुर देउवा र रामचन्द्र […]