महामन्त्रीमा प्रकाशशरण महतको तुलनामा गगनको दोब्बर भोट

नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको मतगणनामा युवा नेता गगन थापाले फराकिलो अग्रता बनाएका छन् । ३ हजार १२० भोट गणना हुँदा गगनले २ हजार ३७ मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले १ हजार २५५ र तेस्रो स्थानमा रहेका प्रकाशशरण महतले १ हजार २४ मत प्राप्त गरेका छन् । चौथो स्थानमा रहेका प्रदीप पौडेलले ९३५ मत प्राप्त गरेका छन् । संस्थापन पक्षका उम्मेदवार महतभन्दा डा. शेखर कोइराला प्यानलका उम्मेदवार गगन थापाको भोट झण्डै दोब्बर छ । महामन्त्रीका लागि सोमवार भएको मतदानमा ४ हजार ६८१ मत खसेको थियो ।

सम्बन्धित सामग्री

महामन्त्रीमा गगनको अग्रता, विश्वप्रकाश र प्रदीपबीच तीव्र प्रतिस्पर्धा

नेपाली कांग्रेसको महामन्त्री पदका लागि भइरहेको मतगणनामा युवा नेता गगन थापाले शुरुवाती रुपमै फराकिलो अग्रता लिएका छन् ।  ६०० भोट गन्दा गगन थापाले ३८१ भोट पाएका छन् । दोस्रोमा रहेका विश्वप्रकाश शर्माले २३१ र तेस्रो स्थानमा रहेका प्रदीप पौडेलले २०६ मत पाएका छन् ।  प्रकाशशरण महतको २०१ र मीनेन्द्र रिजालले १०२ मत पाएका छन् ।  महामन्त्री पदको मतगणना तीव्र रुपमा भइरहेको छ । दिउँसो ३ बजे अगावै नतिजा आउने गरी तीन ठाउँमा मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ ।

सभापतिमा आफूसहित सिंगो टिमलाई भोट माग्दै कोइराला (तस्बिरहरु)

काठमाडौँ- नेपाली कांग्रेसको निर्वाचनअन्तर्गत सोमबार हुने मतदानका लागि सभापतिमा आफूसहित आफ्नो टिमलाई नै भोट माग्न शेखर कोइराला व्यस्त बनेका छन्। उनले आइतबार राजधानीमाा आयोजित एक कार्यक्रममा सभापतिमा आफूलाई मत दिन आग्रह गर्दै आफूले जिते पनि गठबन्धन कायम रहने र सरकार नढल्ने दाबी गरे। उनको टिममा महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजाल उम्मेदवार बनेका छन् भने […]

तराई मधेशको नाराः देउवाको नोट, शेखरलाई भोट

नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा संस्थापन इतर समूहबाट शेखर कोईरालाले सभापतिका लागि उम्मेदवारी दिएका छन् । कोइरालाको टिममा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ तथा महामन्त्रीमा मिनेन्द्र रिजाल र गगन थापा ...

महामन्त्रीमा भोट माग्नु छ, टाउको खोज्दैछु : मिनेन्द्र रिजाल

नेपाली काँग्रेसका नेता एवं रक्षामन्त्री डा. मिनेन्द्र रिजालसँग शुक्रबार बिहान केही पत्रकारले ‘ब्रेकफास्ट मिटिङ’ गरे । मन्त्री रिजाललाई सोधियो– यो महाधिवेशनमा शेरबहादुर देउवाले नजितेको अवस्थामा गठबन्धन सरकारको भविष्य के होला ?संस्थापन इतर पक्षमा रहेका मन्त्री रिजाललाई पत्रकारहरूको अर्को प्रश्न थियो– तपाईं महामन्त्रीमा चुनाव लड्ने भन्दै हुनुहुन्छ, तपाईंंहरूको समूहले सभापतिको साझा उम्मदेवार नै तय गर्न सकेको छैन, टाउकोबिनै कसको प्यानलबाट महामन्त्रीमा लड्ने ?पत्रकारसँग खुलेर प

झापामा देउवा पक्षकै दुई गुट : सिटौला र विश्वप्रकाशसँग ५०/४५ भोट (सूचीसहित)

महाधिवेशनको सँघारमा नेपाली काँग्रेसभित्र शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षका दुईवटा ठूला गुटहरु आपसमा टक्कराइरहेका छन् । यी गुटभित्रका उपगुटहरु पनि भूउपग्रह जसरी फन्को मारिरहेका छन् । तर, काँग्रेस नेता कृष्णप्रसाद सिटौला र विश्वप्रकाश शर्माको गृहजिल्लाका रुपमा परिचित झापामा भने केन्द्रीय गुट भन्दा पनि ‘लोकल’ गुटकै बढी प्रतिस्पर्धा छ । युवा नेता विश्वप्रकाश शर्मा यसअघि शेरबहादुर देउवा समूहका बलिया सारथी मानिन्थे । पछिल्लो समय महामन्त्रीमा एक्लै उम्मदेवारी घोषणा गरेका कारण शर्मा र

राप्रपा महामन्त्रीमा रेखालाई पराजित गर्दै कुन्ती विजयी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन् भने अर्की प्रत्याशी रेखा थापा पराजित भएकी छिन्। आज सम्पन्न मतगणना अनुसार कुन्तीले २ हजार ८ मत ल्याउँदै विजयी भएकी हुन् भने रेखाले १ हजार ६ सय ४० भोट ल्याएकी छिन्।

रेखालाई जिताउन भोट माग्दै रेजिना (तस्बिरहरु)

काठमाडौं । अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ । दोस्रो दिन शनिबार चुनावी प्रक्रिया सुरु भएको छ र उम्मेदवारहरु महाधिवेशन प्रतिनिधिसँग भोट माग्न व्यस्त देखिन्छन् । नायिका रेखा थापा यसपटक राप्रपा महाधिवेशनकी आकर्षण बनेकी छिन् । अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएकी रेखा भोट माग्न समेत व्यस्त छिन् । […]