मुलुकका पूर्व प्रधानमन्त्रीदेखि उच्च तहका राजनीतिक तथा प्रशासनिक नेतृत्वको संलग्नता रहेको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको छानबिन गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नयाँ तथ्यहरु फेला पारेको छ । सीआईबीले टिकिन्छा गुठीका नाममा जग्गा नामसारी गरी त्यसमा नक्कली मोही खडा गर्ने कार्यमा संलग्न रहेको भन्दै बाबुराम भट्टराई नेतृत्वको तत्कालीन मन्त्रिपरिषद् र सोही मन्त्रिपरिषद्अन्तर्गतको …