पेट्रोलमा प्रतिलिटर ५८ रुपैयाँ कर

नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले मङ्गलबार रातिदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर ३/३ रुपैयाँ वृद्धि गरेको छ ।मूल्यवृद्धिसँगै डिजेल मट्टितेलको मूल्य प्रतिलिटर रु १२५ र पेट्रोलको मूल्य प्रतिलिटर रु १४२ पुगेको छ । यसअघि २०७० साल फागुनमा नेपालमा डिजेल मट्टितेलको मूल्य प्रतिलिटर रु १०९ र पेट्रोलको मूल्य प्रतिलिटर १३९ पुगेको थियो । इन्डियन आयल कर्पोरेशन (आइओसी) सँग सस्तोमा पेट्रोलियम प

सम्बन्धित सामग्री

इन्धनको कर कटौती गरेर मूल्य समायोेजन

सरकारले इन्धनमा लाग्दै आएको कर कटौती गरी मूल्य घटाएको छ । इन्धनमा अत्यधिक मूल्य वृद्धि हुँदा नागरिकको दैनिक जीवन निर्वाहमा परेको असरलाई मध्यनजर गर्दै सरकारले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ प्रतिलिटर कर कटौती गर्ने निर्णय गरेको हो ।यो निर्णयसँगै शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ प्रतिलिटर […]

सरकारले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर घटायो

काठमाडौं, ११ असार । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । आज (शनिबार) पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको बताएका छन् । उनले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जनाए। कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ […]

डिजेलमा २८  र पेट्रोलमा २० रुपैयाँ कर समायोजन गर्ने सरकारको तयारी

सरकारले डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ कर समायोजन गर्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको कर समायोजन  गर्न सरकार सहमत भएको स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । सत्ता गठबन्धनले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएपछि आज राती १२ बजे देखि नै मूल्य समायोजन हुने भएको छ ।  ‘उद्योग मन्त्रालयले मूल्य घटाउने घोषणा गरेपछि निगमले आजै राती १२ बजेदेखि मूल्य घटाउँछ’

पेट्रोलियम पदार्थमा प्रतिलिटर २६.६२ रुपैयाँ कर छुट होस् : शेखर कोइराला

१० असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा प्रतिलिटर २६.६२ रुपैयाँ नलिने निर्णय गर्न सरकारलाई सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म प्रतिलिटर २६.६२ रुपैयाँ नलिने निर्णय गर्नु पर्ने उनको धारणा छ । यसो गर्न सकिए जनताले महँगीको चपेटाबाट राहत पाउने र आर्थिक गतिविधि पनि गतिशील भइराख्ने […]

इन्धनमा प्रतिलिटर २६ रुपैयाँ ६२ पैसा कर हटाउन शेखर कोइरालाको सुझाव

काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अन्तर्राष्ट्रिय मूल्य नघटेसम्मका लागि पेट्रोलियम पदार्थमा २६ रुपैयाँ ६२ पैसा कर कटौती गर्न सरकारलाई सुझाव दिएका छन्।पेट्रोलियम पदार्थमा लाग्ने पूर्वाधार कर १०, सडक मर्मत कर ४ र भन्सार र प्रज्ञापन शुल्क २५.२३ को आधा  १२.६२ गरी २६ रुपैयाँ ६२ पैसा कर कटौती गर्न उनको सुझाव छ।कोइरालाले जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि चलायमान बनाइराख्न इन्धनको कर घटाउन सुझाव दिएका हुन्।हेर्नुहोस् कोइरालाको ट्वीटजनतालाई महंगीको चपेटावाट

पेट्रोलियम पदार्थको १० रुपैयाँ पूर्वाधार कर घटाउन अर्थ मन्त्रालयको निर्देशन

काठमाडौँ । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ । मंगलबार एक पत्र लेख्दै मन्त्रालयले उच्च मूल्य वृद्धिका कारण उपभोक्तामा पारेको प्रभाव केही न्यूनीकरणका लागि यसअघि पूर्वाधार शीर्षकमा उठाउँदै आएको डिजेल, पेट्रोल तथा मट्टितेलको प्रतिलिटर १० रुपैयाँ कर हटाउन भनेको हो । उपभोग्य […]

सरकारले पेट्रोलियम पदार्थमा कुन शीर्षकमा कति कर असुल्छ ?

सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार विकास कर असुल्ने भएको छ । आगामी आर्थिक वर्षको पहिलो महिना साउनदेखि लागू हुने गरेर आयातित पेट्रोलियम पदार्थमा भन्सार बिन्दुमै उक्त कर असुल गरिने छ ।यसरी, पेट्रोलियम पदार्थमा लिइने कर भन्सार बिन्दुबाटै एकमुष्ट रूपमा संकलन गरिने छ । र, यसको भार उपभोक्ता मूल्यमा स्वतः पर्ने छ ।यसैगरी, विदेशबाट आयात हुने पेट्रोलमा सडक मर्मत तथा सुधार दस्तुर बापत प्रतिलिटर ४ रुपैयाँ र डिजेलमा प्रतिलिटर २ रुपैयाँ कर उठाइने छ । यसका साथै, नेपालभित्र बिक्री वितरण

सरकारले पेट्रोलियमको १० रूपैयाँ कर घटायो, अव प्रतिलिटर १० रुपैयाँ घट्ने

काठमाडौं, जेठ १३ । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने निर्णय गरेको छ। प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जेठ १० गते बसेको मन्त्रिपरिषदको बैठकले पूर्वाधार कर हटाउने निर्णय गरेको बताएका छन् । मन्त्रिपरिषदबाट निर्णय भएर कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गृहकार्य गरिरहेको मन्त्री बडूले बताए। १० रुपैयाँ कर […]

बूढीगण्डकीका नाममा पेट्रोलियम पद्धार्थमा प्रतिलिटर १० रुपैयाँ कर कहिलेसम्म ?

काठमाडौं, २० माघ । सरकारले पेट्रोलियम पद्धार्थमा विभिन्न शिर्षकमा झण्डै ४० प्रतिशत कर लिने गरेको छ । त्यसमध्ये बूढीगण्डकी जलविद्युत परियोजनाका नाममा प्रतिलिटर १० रुपैयाँ लिदै आएको छ । यसको अर्थ सर्वसाधारणले प्रतिलिटर पेट्रोलियम पद्धार्थ खरिद गर्दा १० रुपैयाँ बूढीगण्डकीका लागि तिर्नुपर्छ । २०७२ सालको साउनबाट यो कर लिन थालिएको हो । त्यतिबेला ५ रुपैयाँ […]