सरकारले डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ कर समायोजन गर्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको कर समायोजन गर्न सरकार सहमत भएको स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । सत्ता गठबन्धनले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएपछि आज राती १२ बजे देखि नै मूल्य समायोजन हुने भएको छ । ‘उद्योग मन्त्रालयले मूल्य घटाउने घोषणा गरेपछि निगमले आजै राती १२ बजेदेखि मूल्य घटाउँछ’