गोर्खा सैनिकको माग सम्बोधन गराउन ब्रिटिस सरकारसँग वार्ता गर्छुः प्रधानमन्त्री

८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटिस सेनाबाट सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकको माग सम्बोधनका लागि ब्रिटिस सरकारसँग ठोस वार्ता गर्ने बताएका छन् । आन्दोलनरत संयुक्त ब्रिटिस गोर्खा आन्दोलन समितिका टोलीसँग शनिबार भएको भेटमा प्रधानमन्त्री ओलीले गोर्खाको न्यायोचित माग वार्ताको माध्यमबाट उपयुक्त ढंगले सम्बोधन गर्नका लागि सरकारले पहल गर्ने …

सम्बन्धित सामग्री

गोर्खा सैनिकको समस्या समाधान गर्न प्रधानमन्त्रीलाई गेसोको ६ महिने अल्टिमेटम

२८ पुस, पोखरा । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले गोर्खा सैनिकको माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ६ महिनाको अल्टिमेटम दिएको छ । शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर गेसोले ६ महिनाभित्र मन्त्रिस्तरीय वार्ताबाट सबै गोर्खा संघसंस्थाको सहभागितामा गोर्खा सैनिकको समस्या समाधान गर्न प्रधानमन्त्रीसामु माग राखेको हो । गेसोका प्रतिनिधिले गत बिहीबार प्रधानमन्त्री प्रचण्डलाई […]

गोर्खा सैनिकको माग सम्बोधन गर्न गृहमन्त्री खाँणको आग्रह

गृहमन्त्री बालकृष्ण खाँणले नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटसंग गोर्खा सैनिकको सेवा सुविधाका लागि उठेका मागको सम्बोधन गरिदिन पहल गर्न आग्रह गर्नुभएको छ । शुक्रबार मन्त्री खाँणसंग राजदूत क्याथरिनले गर्नुभएका शिष्टाचार भेटका क्रममा उहाँले सो आग्रह गर्नुभएको हो । गृह मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीचको २०० वर्ष पुरानो सम्बन्ध, सहकार्य र सहयोगका विषयमा …

भूपू गोर्खा सैनिकको आन्दोलन विफल हुने खतरा

काठमाडौं । सरकारले समयमै वार्ता समिति नबनाउँदा वेलायती सैनिकसरह सुविधाको माग राख्दै आएको भूतपूर्व गोर्खा सैनिकको आन्दोलनले सार्थकता नपाउने अवस्था आएको आन्दोलनरत् पक्षले बताएका छन् । भुतपूर्व गोरखा संघर्ष समितिले आईतबार पत्रकार सम्मेलन गरी नेपाल सरकारकै लापरवाहीले गर्दा वेलायतसँगको वार्ता विफल हुने अवस्था आएको बताएको छ । आफ्नो अधिकारका लागि १३ दिनसम्म आमरण अनसन बसेका […]

अनशनरत गोर्खा सैनिकको जीवन रक्षा गर्न सर्वोच्चको अन्तरिम आदेश

पोखरा । बेलायतमा अनशनरत गोर्खा सैनिकको जीवन रक्षाको व्यवस्था मिलाउन सरकारको नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले अनशन बसेका व्यक्तिहरुको तत्काल जीवन रक्षा गर्न आवश्यकता रहेको भन्दै जीवन रक्षाको व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

भूपू गोर्खा सैनिकको रिटमाथि तेस्रोपटक पेशी

सर्वोच्च अदालतले भूपू गोर्खा सैनिकको आन्दोलनबारेको रिटमाथि तेस्रोपटक सुनुवाइ तोकेको छ। दुई पटकसम्म सुनुवाइ हुन नसकेको मुद्धाको बिहीबारका लागि  न्यायाधीश दिपककुमार कार्कीको इजलासमा सुनुवाइ तोकिएको हो।  दुईपटक पेशी तोकिएकोमा पहिलोपटक सर्वोच्चले...

दोस्रोपटक पनि सर्‍यो भूपू गोर्खा सैनिकको रिटमाथिको सुनुवाई

सर्वोच्च अदालतले भूपू गोर्खा सैनिकको आन्दोलनबारेको रिटमाथिको सुनुवाई सारेको छ। न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाई तोकिएकामा बेञ्च बस्न नभ्याएका कारण सुनुवाई सरेको सर्वोच्चले जनाएको छ। नेपाल सरकारले उचित पहल नगर्दा पूर्वगोर्खा...

ब्रिटिस गोर्खा सैनिकको आन्दोलनबारेको रिट न्यायाधीश भट्टराईको इजलासमा

ब्रिटिस गोर्खा सैनिकको आन्दोलनबारेको रिटमाथि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई हुने भएको छ। सर्वोच्च अदालतले सरकारले उचित पहल नगर्दा पूर्वगोर्खा सैनिक र उनीहरूका परिवारले बेलायतीसरहको सेवा–सुविधा पाउन नसकेको भन्दै दायर भएको...

ब्रिटिस गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं। प्रतिनिधिसभा सदस्य डिला संग्रौला पन्तले ब्रिटिस गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभाको शुक्रवारको बैठकमा शून्य समयमा बोल्दै उनले कूटनीतिक माध्यमबाट ब्रिटिस सरकारसँग सम्पर्क गरी वार्ता समिति गठन गरी वार्ताको मिति र स्थान तोक्न माग गरिन्। संसार भरी न्यायका लागि बहादुरी देखाएका गोर्खा सैनिक अहिले आफ्नै न्यायका लागि लण्डनमा आमरण अनसन बसिरहेको उनले बताइन्।