ब्रिटिस गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं। प्रतिनिधिसभा सदस्य डिला संग्रौला पन्तले ब्रिटिस गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभाको शुक्रवारको बैठकमा शून्य समयमा बोल्दै उनले कूटनीतिक माध्यमबाट ब्रिटिस सरकारसँग सम्पर्क गरी वार्ता समिति गठन गरी वार्ताको मिति र स्थान तोक्न माग गरिन्। संसार भरी न्यायका लागि बहादुरी देखाएका गोर्खा सैनिक अहिले आफ्नै न्यायका लागि लण्डनमा आमरण अनसन बसिरहेको उनले बताइन्।

सम्बन्धित सामग्री

भूपू गोर्खा सैनिकको मागबारे सरकारलाई एमालेको ध्यानाकर्षण

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भूतपूर्व गोर्खा सैनिकहरुको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण गराउँदै अविलम्ब कुटनीतिक पहल थाल्न सुझाव दिएको छ । एमाले प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आइतवार प्रेस वक्तव्य जारी गर्दै वेलायती सेनामा कार्यरत रहेर वीरता र बलिदानको कीर्तिमान बनाएका भूपू गोर्खा सैनिकहरुले उठाएको समानताको आवाज जायज र मानवीय रहेको बताएका छन् […]