बैतडी : जिल्लामा जंगली जनावरहरूले आतंक मच्चाउन थालेका छन्। बदेँल, भालु, दुम्सी, बाँदरलगायतका जंगली जनावरले आतंक मच्चाएका हुन्। जंगली जनावरले मानिसमाथि आक्रमण गर्नुका साथै बालीनाली समेत नष्ट गर्न थालेका छन्। दिउँसो बाँदर र रातिको समयमा बदेँल, दुम्सीले मकैबाली नष्ट गर्न थालेको दोगडाकेदार ३ श्रीकोटका डम्बर जोशीले बताए। मकै उत्पादनका लागि पकेट क्षेत्र मानिएको यस जिल्लाका अधिकांस क्षेत्रमा मकैबाली जोगाउनै मुस्किल भएको छ। मकैबाली जोगाउन बारीमै जाग्राम बस्नुपरिरहेको अर्का कि