बैतडी : बैतडीको सुर्नया गाउँपालिकामा चितुवाले आतंक मचाएको छ। गाउँपालिकाको वडा नं ८ को ढोले क्षेत्रमा चितुवाले आतंक मचाएको हो।दिउँसोको समयमा जंगलमा चराउन लगेका र रातिको समयमा गाउँमै पसेर खसीबाख्रालाई चितुवाले आक्रमण गरी लग्ने गरेको स्थानीय बासिन्दाले बताएका छन्। चितुवा बथान सहित गाउँमा पसेर आतंक मचाएको स्थानीय तेजन बोहराले बताए। रातिको समयमा चितुवा गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा जाग्राम बस्न थालेका छन्। चितुवाबाट घरपालुवा जनावर जोगाउन रातिको समयमा पहरा दिनुपर्ने अवस्था आएको छ। जंगलबाट