तातोपानी आइपुग्यो २५ सय सिलिण्डर अक्सिजन, आजै काठमाडौं आइसक्ने

विजय नेपालतातोपानी / काठमाडौं : नेपालमा अक्सिजनको अभाव भएपछि तातोपानी नाकाबाट २५ सय सिलिन्डर अक्सिजन नेपाल आइपुगेको छ। १० लिटर क्षमताको ती सिलिन्डर नेपा हिमा ट्रेड लिङ्कले आयात गरेको हो।चीनबाट आजै नेपाल प्रवेश गरेको आठवटा कन्टेनरमध्ये दुईवटामा अक्सिजन सिलिन्डर र एकवटामा माक्स लगायतको स्वास्थ सामग्री नेपाल आइपुगेको हो। बाँकी ५ कन्टेनरमा भने स्याउ आइपुगेको हो।तातोपानी भन्सार कार्यालयका अनुसार ती सामाग्री आयातकर्ताले आजै काठमाडौं पुर्‍याउनेछन्। स्वास्थ्य सामग्री क्युमा पनि नराखिने र राजस्व पनि

सम्बन्धित सामग्री

अक्सिजन सिलिण्डर र भेण्टिलेटर सहयोग

अक्सिजन सिलिण्डर १० लि.का पाँचसय थान, ४६ लि.का एकसय थान, १० थान भेण्टिलेटर, एक हजार थान माक्स र अक्सिजन सिलिण्डर तथा भेण्टिलेटरका स्पेयर पार्ट्सहरु रहेका छन्।...

सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

काठमाडौं।नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ।नेपालमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण देखिएसँगै अक्सिजन अभाव भएपछि विभागमा रहेको अक्सिजन सिलिण्डर सहयोग गरेको हो। विभागले सैनिक अस्पताललाई तीन थान र बालाजु अक्सिजन उद्योगलाई एक थान अक्सिजन सिलिण्डर सहयोग गरेको हो।विभागको प्रयोगशालामा प्रयोग हुँदै आएको सिलिण्डर सैनिक अस्पताल र अक्सिजन उद्योगलाई सहयोग गरेको हो।

कोरोना अस्पताललाई अक्सिजन सिलिण्डर

धादिङ। ह्वासिन सिमेन्ट उद्योग र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले धादिङ अस्पताललाई अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन्। महासंघले धादिङ अस्पतालको अस्थायी कोभिड अस्पताललाई ४७ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो। फिर्ता गर्ने गरी अक्सिजन भरिएको सिलिण्डर उपलब्ध गराइएको महासचिव पुरुषोत्तम रेग्मीले बताए।अक्सिजन नियमित लगाउनुपर्ने बिरामी बढेको अवस्थामा यसले सहयोग पुर्‍याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए।

सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

काठमाडौँ । नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरिएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले मङ्गलबार विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण देखिएसँगै अक्सिजन अभाव भएपछि आफ्नो विभागमा रहेको अक्सिजन सिलिण्डर सहयोग गरेको हो । विभागले सैनिक अस्पताललाई तीन थान र बालाजु अक्सिजन उद्योगलाई एक थान अक्सिजन सिलिण्डर […]

सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

काठमाडौं।नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ।नेपालमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण देखिएसँगै अक्सिजन अभाव भएपछि विभागमा रहेको अक्सिजन सिलिण्डर सहयोग गरेको हो। विभागले सैनिक अस्पताललाई तीन थान र बालाजु अक्सिजन उद्योगलाई एक थान अक्सिजन सिलिण्डर सहयोग गरेको हो।विभागको प्रयोगशालामा प्रयोग हुँदै आएको सिलिण्डर सैनिक अस्पताल र अक्सिजन उद्योगलाई सहयोग गरेको हो।

सिलिण्डर व्यवस्थापनमा जुट्यो गाउँपालिका

दमौली, २८ वैशाख: तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रले आँबुखैरेनी गाउँपालिकालाई सिलिण्डर हस्तान्तरण गरेको छ । कोभिड सङ्क्रमण बढेपछि बजारमा अक्सिजन सिलिण्डर अभाव भएकाले केन्द्रले मर्मत प्रयोजनका लागि भण्डार गरी राखेको १२ थान ठूलो सिलिण्डर गाउँपालिकालाई हस्तान्तरण गरेको हो । अक्सिजन सिलिण्डरको उपलब्धता भएपछि जलविद्युत् केन्द्रलाई फिर्ता दिने गरी सिलिण्डर ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत […]

रौतहटमा १३८ वटा अक्सिजन सिलिण्डर बरामद

रौतहट : रौतहटका विभिन्न बजारबाट प्रहरीले १३८ वटा अक्सिजन सिलिण्डर बरामद गरेको छ। प्रहरीले श्निबार  र आइतबार बजारका विभिन्न पसलबाट सिलिण्डर बरामद गरेको हो।स्वस्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले स्टक गरी राखेको अक्सिजन सिलिण्डर बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख सिद्धिविक्रम शाहले बताए। सिलिण्डर गरुडा, गौर र चन्द्रपुर गरी सात स्थानबाट नियन्त्रणमा लिएको हो। सिलिण्डर स्टक गर्ने व्यक्तिमाथि अनुसन्धान भइरहेको शाहले बताए।बरामद गरिएको सिलिण्डर गौर अस्पतालमा रहेक

अक्सिजनका सिलिण्डर खोज्न प्रहरी परिचालन

लुकाइएका र प्रयोगविहीन अवस्थामा राखिएका अक्सिजनका सिलिण्डर खोज्न यहाँ प्रहरी परिचालन गरिएको छ । दुई दिनमा प्रहरीले विभिन्न उद्योगबाट एक सय पाँच सिलिण्डर संकलन गरेको छ ।...