चीनबाट १८ हजार अक्सिजन सिलिन्डर तातोपानी नाका आइपुग्यो

काठमाडौं। चीन सरकारले अनुदान सहयोगमा दिएको २० हजारमध्ये १८ हजार अक्सिजन सिलिण्डर आज स्थलमार्ग हुँदै तातोपानी नाका आइपुगेको छ। तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौं ल्याइने भएको छ। यसअघि ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो। अठार हजार आइसकेपछि बाँकी एक हजार ६०० सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ।

सम्बन्धित सामग्री

चीनले उपलब्ध गराएको ३० हजार लिटर तरल अक्सिजन ताताेपानी आइपुग्यो

चीन सरकारले नेपाललाई अनुदानमा दिने अक्सिजन र स्वास्थ सामाग्री अन्र्तगत आज तातोपानी नाकामा अक्सिजन र स्वास्थ सामाग्री आइपुगेको छ । ३० हजार लिटर परिणामका एक सय ५० थान तरल अक्सिजन सिलिन्डर तथा स्वास्थ्य सामाग्री आइपुगेको तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिनुभयो । उक्त लिक्विड अक्सिजनबाट ४० केजी क्षमताको ६ हजार सिलिन्डर अक्सिजन भरिने प्रमुख गौतमले बताउनु भएको छ । उक्त अक्सिजन र स्वास्थ सामाग्री बुझन स्वास्थ सेवा विभागका महानिर्देशक डा. दीपेन्द्रमान सिंह तातोपानी नाका आइपुगेका छन् । चिनिया...

तिब्बतले पठायो, १५० लिक्‍विड अक्सिजन सिलिन्डर

काठमाडौं। चीनको स्वशासित क्षेत्र तिब्बतले कोरोना भाइरसविरुद्ध लड्न नेपाललाई सहयोग स्वरुप १५० वटा लिक्‍विड अक्सिजन सिलिन्डर नेपाललाई प्रदान गरेको छ। तिब्बत सरकारले हिजो ल्हासास्थित नेपाली महाबाणिज्य दूतावासलाई ती सिलिन्डर हस्तान्तरण गरेको हो। ती अक्सिजन सिलिन्डरमा ३० हजार लिटर लिक्‍विड अक्सिजन रहेको जनाइएको छ। सिलिन्डरहरु भोलिसम्ममा तातोपानी नाका आइपुग्ने पराष्ट्र मन्त्रालयले जनाएको छ।

तातोपानी नाका हुँदै दैनिक अक्सिजन सिलिन्डर आयात

तातोपानी नाका हुँदै चीनबाट नेपालमा अहिले दैनिक अक्सिजन  सिलिन्डर आयात हुन थालेको छ । नेपालमा कोभिड–१९ का बिरामी अत्यधिक बढेपछि चीनबाट नेपाली व्यापारीहरूले दैनिक अक्सिजन सिलिन्डर आयात गर्न थालेका हुन् ।तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारदमणि गौतमले चीनबाट बुधबार ४० लिटर क्षमताको  ५६० थान अक्सिजन  सिलिन्डर आयात  भएको  जानकारी  दिए । उनका  अनुसार मङ्गलबार ४० लिटर क्षमताको ६८० थान अक्सिजन सिलिन्डर चीनबाट आयात भएको छ ।पहिलो  पटक

तातोपानी नाका हुँदै दैनिक अक्सिजन सिलिन्डर आयात

काठमान्डाैं / तातोपानी नाका हुँदै चीनबाट नेपालमा अहिले दैनिक अक्सिजन सिलिन्डर आयात हुन थालेको छ । नेपालमा कोभिड–१९ का बिरामी अत्यधिक बढेपछि चीनबाट नेपाली व्यापारीहरूले दैनिक अक्सिजन सिलिन्डर आयात गर्न थालेका हुन् । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारदमणि गौतमले चीनबाट बुधबार ४० लिटर क्षमताको ५६० थान अक्सिजन सिलिन्डर आयात भएको जानकारी दिए... The post तातोपानी नाका हुँदै दैनिक अक्सिजन सिलिन्डर आयात appeared first on Purbeli News.

चीनले पठाएका १८ हजार सिलिन्डर आइपुगे तातोपानी नाका

जेठ २, काठमाडौं । सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल पुर्‍याएको छ ।  स्थलमार्ग हुँदै आइतवार १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन् । उपप्रधानमन्त्री तथा कोभिड–१९ संक्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिए ।  उनका अनुसार तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौं ल्याइनेछ । सिलिन्डरको अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो । यसअघि ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो । अठार हजार आइसकेपछि बाँकी एक हजार ६०० सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ ।  यस्तै आइतवार नै चीनबाट ५५० अक्सिजन सिलिन्डर नेपाल वायुसेवा निगमको वाइड बडी विमानले ल्याउँदैछ । शनिवार सिलिन्डर ल्याउनका लागि जहाज चीन गएको थियो ।  शनिवार मात्र ओमानबाट गैआवासीय नेपाली संघको सहयोगमा ५६० खाली सिलिन्डर आएको थियो । कोभिड–१९ का संक्रमितको उपचारका लागि अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि सरकारले विभिन्न मुलुकबाट सिलिन्डर ल्याउन थालेको हो । रासस