संवैधानिक इजलासमा शुक्रबार दुईवटा विषय उठेका छन् । संविधानको धारा ७६ (५)मा दलको ह्वीप लाग्छ वा लाग्दैन र राष्ट्रपतिलाई हस्ताक्षर परीक्षण बिना प्रधानमन्त्री नियुक्त नगर्ने अधिकार छ कि छैन भन्नेबारे कानुन व्यवसायीले २ घण्टा १० मिनेट बहस गरेका छन् ।काँग्रेस सभापति शेरबहादुर देउवा सहित १ सय ४६ जना सांसदको तर्फबाट बहस गर्ने कानुन व्यवसायीले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाउँदै उनलाई महाभियोग लगाउन सकिने संवैधानिक ब्यवस्था सुझाएका छन् । संसद सदस्यमा प्रधानमन्त्रीमा नियुक्त गरेपछि भोलि संसदमा कसले वि