रुपन्देहीमा आफ्नै आमाले एक वर्षीया छोरीको हत्या गरेकी छन् । छोरीको हत्या गरी आफूले आत्महत्या प्रयास गर्ने आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देहीको मायादेवी गाउँपालिका–३ स्थित हरहरवामा आफ्नै कोठाको पंखामा एक वर्षिय बालिकाको घाँटीमा डोरी बांधेर हत्या गर्ने र आफुले समेत डोरीमार्फत आत्महत्या गर्ने प्रयास गरेकी २१ वर्षिया प्रेमा यादवलाई प्रहरीले पक्राउ गरेको हो ।