ओक्लाहोमामा नौ महिनाकी छोरीको हत्या गरेको अभियोगमा एक पितालाई २० वर्षपछि मृत्युदण्ड दिइएको छ । बेन्जामिन कोल गम्भीर रूपमा मानसिक बिरामी भएको उनको वकिलहरूले दाबी गरे पनि ओक्लाहोमाको म्याकलेस्टर कारागारमा तीनवटा घातक औषधिको माध्यमबाट उनलाई मृत्युदण्ड दिइएको हो । गत वर्षदेखि ओक्लाहोमा राज्यमा मृत्युदण्डको सजाय पुनः लागु भएपछि मृत्युदण्ड पाउने उनी छैटौँ कैदी हुन् ।स्टेचरमा बाँधिएका कोलले इशा मसीहलाई केही क्षण सम्झिएका थिए । त्यसपछि उनलाई दश बजेर छ मिनेट जाँदा घातक औषधि दिइएको थियो । दश बजेर १२ मिनेट