सन्धिखर्क । अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिका वडा नं. २ सीतापुरको झिर्रामा बाबुले आफ्नै छोरीको हत्या गरेका छन ।
स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नै दुई वर्षीय छोरी सृष्टि घिमिरेको आज (मङ्गलवार) दिउँसो अन्दाजी १ बजेको समयमा रसीले घाँटीमा कसेर हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक इन्सपेक्टर बाबुराम बस्नेतले जानकारी दिए ।
विगत केही महिनादेखि श्रीमतीसँगको घरायसी विवादका कारण श्रीमती भने माइतमा बस्दै आएकी थिइन् । बाबुसँगै बसेकी दुई वर्षीय छोरीको बाबुले हत्या गरेको बस्नेतले बताए । प्रहरी निरीक्षक बस्नेतसहित अहिले प्रहरी घटनास्थलमा पुगिसकेको छ ।
घटनामा संलग्न घिमिरे प्रहरीको नियन्त्रमा रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।