हामीलाई पछाडि फर्कने छुट छैन : राष्ट्रपति पाैडेल

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले देश निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अब हामीलाई पछाडि फर्कने छुट नभएको बताउनुभएको छ । बुधवार नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रपति पौडेलले नेपाल समृद्ध बनाउनुपर्ने भन्दै देशमा विकासको ठूलो सम्भावना रहेको र यसका लागि सबै मिलेर काम गर्नुपर्ने धारणा राख्नुभयो ।  भेटमा राष्ट्रपति पौडेलले निर्माण व्यवसायीलाई निरुत्साहित हुन नदिनका लागि आफूले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो । नेपालका निर्माण व्यवसायीको समस्याबारे आफू जानका...

सम्बन्धित सामग्री

देउवा सरकारको विकल्प खोज्ने कसरतमा राष्ट्रपति

काठमाडौं, असोज ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक सीमा र परिधिबाहिर गएर नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेसँगै मुलुकमा संवैधानिक र राजनीतिक संकट उत्पन्न भएको छ। संविधानको धारा ११३ (३) ले राष्ट्रपतिलाई अर्थबाहेकका विधेयकलाई पुनर्विचारका लागि सन्देशसहित १५ दिनभित्र पठाउने अधिकार दिएको छ। तर दोस्रोपटक राष्ट्रपतिलाई विधेयक फिर्ता गर्ने वा प्रमाणीकरण नगर्ने छुट संविधानले दिएको […]

राष्ट्रपतिलाई संविधान उलङ्घन गर्ने छुट छैन : नरायणकाजी

काठमाडौं । माओवादी केन्द्रका नेता नरायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई संविधानको उलङ्घन गर्ने छुट नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित नगर्नु संविधान विपरितको गलत कदम भएको दावी गरेका छन् । उनले संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाएको नागरिकता विधेयक ’bout विभिन्न दृष्टिकोण र विचार भए पनि यसको […] The post राष्ट्रपतिलाई संविधान उलङ्घन गर्ने छुट छैन : नरायणकाजी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रपतिलाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन : उपराष्ट्रपति

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेका छन्। संसदका दुईवटै सदनबाट दुईपटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि उपराष्ट्रपति पुनले संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नभएको बताएका हुन्। उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, 'पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी बृहत् जनआवाज उठिरहेका छन्। यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दु

राष्ट्रपतिलाई संविधान उलङ्घन गर्ने छुट छैन : नेता श्रेष्ठ

काठमाडौँ- माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई संविधानको उलङ्घन गर्ने छुट नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित नगर्नु संविधान विपरीतको गलत कदम भएको दाबी गरेका छन् । उनले संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाएको नागरिकता विधेयक बारे विभिन्न दृष्टिकोण र विचार भए पनि यसको सम्मान […]

राष्ट्रपतिलाई उपराष्ट्रपतिको काउन्टर : संविधानको दायराभन्दा बाहिर जाने छुट छैन

५ असोज, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपतिमाथि गम्भीर प्रश्न उठाएका छन् । उनले वक्तव्य जारी गर्दै संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट नभएको बताएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लंघन गरेकी हुन् । २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्काएको नागरिक विधेयक प्रतिनिधिसभा र राष्ट्रयसभाले […]

६७१ जना कैदीको कैद छुट, २१ जनालाई माफी

काठमाडौं : संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ६७१ जना कैदीको कैद छुट, २१ जनाको कैद माफी गरिएको छ। नेपाल सरकारबाट सिफारिस भई राष्ट्रपति भण्डारीले उनीहरूको बाँकी कैद छुट र सजाय माफी गरिएको गृह मन्त्रालयले जनायो। 'संविधान दिवस, २०७९ को अवसरमा नेपालको संविधानको धारा २७६, मुलुकी अपराध संहिता, २०७४, मुलुकी…

उत्पादन मुलक उद्योगलाई विद्युत् महसुलमा छुट

१० जेठ, काठमाडौं । सरकारले उत्पादन एवं निर्यात मुलक उद्योगलाई विद्युत् महसुलमा छुट दिने भएको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेकी हुन् । राष्ट्रपति भण्डारीले उत्पादनमुलक उद्योगलाई प्रदान गरिने विद्युत् महसुल बाह्य उर्जा व्यापार दरभन्दा कम महसुल लगाउने घोषणा गरेकी हुन् ।

फेसबुकले पुटिनविरुद्ध हिंसात्मक टिप्पणी गर्न छुट दिने

काठमाडौं– फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटाले केही देशका प्रयोगकर्तालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी फौजबारे हिंसात्मक टिप्पणी गर्न छुट दिने भएको छ । मेटाका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार फेसबुकमा आइन्दा ‘भ्लादिमिर पुटिन मुर्दावाद’ वा ‘रुसी सेना मुर्दावाद’ जस्ता टिप्पणी गर्न छुट दिइनेछ । ‘युक्रेनमा जारी आक्रमणलाई मध्यनजर गर्दै युद्धबाट प्रभावितहरुलाई हामीले हिंसात्मक […]

खोपको प्रतिलिपि अधिकारमा छुट दिने डब्ल्युएचओको प्रस्तावमा अमेरिकाको समर्थन

काठमाडौं : कोरोना भाइरसविरुद्धको खोपको प्रतिलिपि अधिकारमा छुट दिने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को प्रस्तावमा अमेरिकाले समर्थन जनाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले डेमोक्रेटिक सांसद र १ सयभन्दा बढी अन्य देशको दबाबपछि डब्लुएचओको प्रस्तावमा अस्थायी समर्थन दिएका हुन्। राष्ट्रपति बाइडेनले बौद्धिक सम्पदाको सुरक्षाका लागि अमेरिका दृढ रहेको भन्दै कोरोना महामारीपछि पुनः यो अधिकारका लागि आफूले पहल लिने बताएका छन्।  तर अमेरिकाको समर्थनपछि पनि खोप उत्पादक कम्पनीहरु भने सहमत भइसकेका