काठमाडौं– फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटाले केही देशका प्रयोगकर्तालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी फौजबारे हिंसात्मक टिप्पणी गर्न छुट दिने भएको छ । मेटाका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार फेसबुकमा आइन्दा ‘भ्लादिमिर पुटिन मुर्दावाद’ वा ‘रुसी सेना मुर्दावाद’ जस्ता टिप्पणी गर्न छुट दिइनेछ । ‘युक्रेनमा जारी आक्रमणलाई मध्यनजर गर्दै युद्धबाट प्रभावितहरुलाई हामीले हिंसात्मक […]