काठमाडौं : कोरोना भाइरसविरुद्धको खोपको प्रतिलिपि अधिकारमा छुट दिने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को प्रस्तावमा अमेरिकाले समर्थन जनाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले डेमोक्रेटिक सांसद र १ सयभन्दा बढी अन्य देशको दबाबपछि डब्लुएचओको प्रस्तावमा अस्थायी समर्थन दिएका हुन्। राष्ट्रपति बाइडेनले बौद्धिक सम्पदाको सुरक्षाका लागि अमेरिका दृढ रहेको भन्दै कोरोना महामारीपछि पुनः यो अधिकारका लागि आफूले पहल लिने बताएका छन्। तर अमेरिकाको समर्थनपछि पनि खोप उत्पादक कम्पनीहरु भने सहमत भइसकेका