काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेका छन्। संसदका दुईवटै सदनबाट दुईपटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि उपराष्ट्रपति पुनले संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नभएको बताएका हुन्। उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, 'पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी बृहत् जनआवाज उठिरहेका छन्। यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दु