अमेरिकाका सहायक विदेश मन्त्री डोनाल्ड लु नेपालमा

संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आएका छन् । उनी आज साँझ काठमाडौँ आइपुगेका हुन् । यसअघि पनि गत मङ्सिरमा नेपालको भ्रमण गरिसकेका उनले यो पटकको भ्रमणमा विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्वसँग नेपाल–अमेरिका बीचको ७५ वर्षे लामो मित्रताका विविध आयामलगायत विषयमा कुराकानी गर्ने  नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । साथै उनले दुई देशको आर्थिक विकासप्रतिको प्रतिबद्धता, लोकतन्त्र तथा मानवाधिकारका विषयमा पनि कुराकानी गर्ने बताईएको छ। दक्षिण एशियाली मामिलाका सबैभन्दा उच्च तहका अमेरिकी कूटनीतिज्ञका रुपमा विविध विषयमा छलफलका लागि उनले यस क्षेत्रको भ्रमण गरेका हुन् । सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्ने छन् । उनी काठमाडौँमा हुने एक अवार्ड वितरण कार्यक्रममा पनि सहभागी हुने बताईएको छ । 

सम्बन्धित सामग्री

अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौंमा

संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्री डोनाल्ड लु बिहीबार नेपाल भ्रमणमा आइपुगेका छन् । उनी बिहीबार साँझ काठमाडौँ आइपुगेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।यसअघि पनि गत मङ्सिरमा नेपालको भ्रमण गरिसकेका उनले यो पटकको भ्रमणमा विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्वसँग नेपाल–अमेरिका बीचको ७५ वर्षे लामो मित्रताका विविध आयामलगायत विषयमा कुराकानी गर्ने दूतावासले जनाएको छ […]

अमेरिकी सहायक विदेश मन्त्री लु काठमाडौँ आइपुगे

काठमाडौँ। अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु काठमाडौँ आइपुगेका छन्। लु नयाँ दिल्ली हुँदै काठमाडौँ आइपुगेका हुन्। दुईदिने नेपाल भ्रमणमा आएका लुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएका छन्। लुले शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री देउवालाई भेट्न लागेका हुन्।

अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज नेपाल आउँदैछन् ।दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु दुई दिने भ्रमणमा नेपाल आउन लागेका हुन् ।प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण अन्यौलता परेका उनी बेला काठमाडौँ आउन लागेका हुन् । उनी एमसीसी पारित हुनुअघि कूटनीतिक गृहकार्यका लागि नेपाल आएका थिए । नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)अस्वीकार […]

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज नेपाल आउँदै

काठमाण्डाै - अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज बिहीवार नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज र भोलि नेपालमा रहनु हुनेछ । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भएको छ । नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता अस्वीकार गरेको एक महिनापछि उहाँको नेपाल भ्रमण हुन लागेको हो । नेपालले एसपीपी सम्झौता अस्वीकार गरे पनि यसबारे अमेरिकालाई औपचारिक रुपमा पत्राचार गरेको छैन । चौत...

अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै

काठमाडौँ – अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज नेपाल आउँदैछन् । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु दुई दिने भ्रमणमा नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण अन्यौलता परेका उनी बेला काठमाडौँ आउन लागेका हुन् । उनी एमसीसी पारित हुनुअघि कूटनीतिक गृहकार्यका लागि नेपाल आएका थिए । नेपालले […]

अमेरिकी सहायक विदेश मन्त्री लु बिहीबार नेपाल आउँदै

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु बिहीबार नेपाल भ्रमणमा आउने भएका छन्। स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को कार्यान्वयनको विषयलाई लिएर विवाद चर्किरहेका बेला हुन लागेको उनको भ्रमणलाई अर्थपूर्णरुपमा लिइएको छ। उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्नेछन्।

अमेरिकी दूतावास घेराउ गर्ने प्रदर्शनकारी पक्राउ (तस्बिरहरु)

नेपालस्थित अमेरिकी दूतावास अगाडि विरोध प्रदर्शन गर्ने केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी सहायक विदेश मन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा रहेकाबेला दूतावास...

थप ६० लाख डोज फाइजर खोप ल्याउँदै छौँ : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अमेरिकाबाट थप ६० लाख डोज फाइजर खोप ल्याइने बताएका छन्।बिहीबार अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु र मन्त्री खतिवडा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको फाइजर खोप केन्द्र अवलोकनका क्रममा मन्त्री खतिवडाले यस्तो जानकारी दिएका हुन्।खोप केन्द्र अवलोकनपछि स्वास्थ्यमन्त्री खतिवडाले कोरोनाविरुद्धको फाइजर बायोएनटेक खोप ६० लाख मात्रा नेपाल ल्याउन सम्झौता गरिसकेको बताए। उनले फाइजरको खोप ल्याउन भुक्तानीका लगि सरकारबाट निर्णय भइसकेको प

अमेरिकी सहायक विदेश मन्त्रीपछि उपसहायक विदेशमन्त्री पनि नेपाल आउँदै

लगातार दुई दिनमा दुई अमेरिकी प्रतिनिधिमण्डल नेपाल आइरहेका छन् । बुधबार (आज) अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु काठमाडौँ आइपुग्दै छन् ।

अमेरिकी उपसहायक विदेश मन्त्री पनि भोलि काठमाडौँ आउँदै

काठमाडौँ -नेपालमा दुई अमेरिकी प्रतिनिधिमण्डलको एकसाथ भ्रमण हुने भएको छ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज साँझ काठमाडौं आइपुग्ने कार्यक्रम छ भने उपसहायक विदेश मन्त्री केल्ली किडरलिङ पनि भोलि बिहीबार काठमाडौं आउने काठमाडौंस्थित नेपाली दूतावासले जनाएको छ। उपसहायकमन्त्रीले पनि नेपाली अधिकारी र नागरिक समाजका अगुवाहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । अमेरिका र नेपालबिच कूटनीतिक […]