अमेरिकी सहायक विदेश मन्त्री लु बिहीबार नेपाल आउँदै

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु बिहीबार नेपाल भ्रमणमा आउने भएका छन्। स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को कार्यान्वयनको विषयलाई लिएर विवाद चर्किरहेका बेला हुन लागेको उनको भ्रमणलाई अर्थपूर्णरुपमा लिइएको छ। उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्नेछन्।