काठमाण्डाै - अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज बिहीवार नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।
दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज र भोलि नेपालमा रहनु हुनेछ । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भएको छ ।
नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता अस्वीकार गरेको एक महिनापछि उहाँको नेपाल भ्रमण हुन लागेको हो ।
नेपालले एसपीपी सम्झौता अस्वीकार गरे पनि यसबारे अमेरिकालाई औपचारिक रुपमा पत्राचार गरेको छैन । चौत...