अमेरिकी सहायक विदेश मन्त्री लु काठमाडौँ आइपुगे

काठमाडौँ। अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु काठमाडौँ आइपुगेका छन्। लु नयाँ दिल्ली हुँदै काठमाडौँ आइपुगेका हुन्। दुईदिने नेपाल भ्रमणमा आएका लुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएका छन्। लुले शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री देउवालाई भेट्न लागेका हुन्।

सम्बन्धित सामग्री

अमेरिकी सहायक विदेश मन्त्री लुले भोलि प्रधानमन्त्री देउवालाई भेट्ने

काठमाडौँ । आज काठमाडौं आउन लागेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएका छन्। बालुवाटार स्रोतका अनुसार शुक्रबार दिउँसो तीन बजे उनले प्रधानमन्त्री देउवालाई भेट्ने कार्यक्रम तय भएको छ। दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री लु बिहीबार अपराह्न साढे चार बजेतिर काठमाडौं आइपुग्ने छन्। उनी काठमाडौंमा हुने […]

अमेरिकी सहायक विदेश मन्त्री लु बिहीबार नेपाल आउँदै

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु बिहीबार नेपाल भ्रमणमा आउने भएका छन्। स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को कार्यान्वयनको विषयलाई लिएर विवाद चर्किरहेका बेला हुन लागेको उनको भ्रमणलाई अर्थपूर्णरुपमा लिइएको छ। उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्नेछन्।

अमेरिकी सहायक विदेश मन्त्री लु नेपाल भ्रमणमा

काठमाडौं (नेस)  ।  विवादमा परेको मिलेनियम च्यालेन्ज कर्पोरेसन लागु गराउन अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ अधिकारीले आज बुधबारबाट नेपाल भ्रमण गर्ने भएका छन् । नेपालसँग भएको सम्झौता अनुमोदनका लागि फतिमा सुमार नेतृत्वको एमसीसीको प्रतिनिधिमण्डल नेपाल भ्रमण गरेर फर्किएको केही समयपछि नै अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी सहायक विदेश मन्त्री डोनल्ड लुले नेपाल भ्रमण […]