घट्दो बजारको असर सार्वजनिक निष्कासनमा

काठमाडौं । धितोपत्रको दोस्रो बजार निरन्तर घट्दै जाँदा त्यसको प्रत्यक्ष असर सार्वजनिक निष्कासनका धितोपत्रमा परेको छ । बजार घट्दै जाँदा सूचीकृत धितोपत्रको मूल्यमा कमी आएसँगै सार्वजनिक निष्कासनका धितोपत्रमा लगानीकर्ताको आकर्षण कम देखिएको हो । पछिल्लो समय सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आउने साधारण शेयरबाहेक अन्य धितोपत्र बिक्न समस्या भएको विक्री प्रबन्धकहरू बताउँछन् । धितोपत्रको दोस्रो बजार घट्दै जाँदा राम्रा कम्पनीको शेयरमूल्य निकै सस्तिएकाले साधारण शेयरबाहेक अन्य धितोपत्रमा लगानीकर्ताको आकर्षण कम भएको बुझाइ विक्री प्रबन्धकहरूको छ । जानकार लगानीकर्ता भने बजारमा धितोपत्रको आपूर्ति बढी भएकाले लगानी कम भएको प्रतिक्रिया दिन्छन् । शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल पछिल्लो समय आर्थिक संकटको अवस्थामा सार्वजनिक निष्कासनले निरन्तरता पाइरहेकाले लगानी घटेको बताउँछन् । सार्वजनिक निष्कासनले निरन्तरता पाउनु सकारात्मक पाटो रहे पनि अहिलेको अवस्थामा नियामक निकाय नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनको तीव्रतालाई घटाउनुपर्ने फुल्लेलले सुझाए ।  बजारलाई माग र आपूर्तिले सन्तुलनमा राख्ने हुँदा माग बढ्ने गतिविधि नभइरहेको बेला आपूर्ति कम गरेर भए पनि बजारको विकासमा ध्यान दिनुपर्ने फुल्लेल बताउँछन् । बैंक, वित्तीय संस्थामा पर्याप्त तरलता भई कर्जा लिनका लागि बोलाइरहेको अवस्थामा पनि लगानीकर्ता चर्को ब्याजदरका कारण कर्जा लिन डराइरहेको फुल्लेलले बताए । मार्जिन कर्जामा १२ करोडको सीमाका कारण ठूला लगानीकर्ताले लगानी बढाउन नसकेको गुनासोसमेत फुल्लेलले गरे । प्राथमिक बजारमा सार्वजनिक निष्कासनमा आउने धितोपत्र दोस्रो बजारसँग जोडिने हुँदा दोस्रो बजारले गति लिन आफूले सुझाएका विषयमा सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा फुल्लेलले जोड दिए ।  अपि पावर, अरुण काबेली पावर, मल्टिपर्पस फाइनान्स र सिनर्जी पावरको हकप्रद शेयर, स्थानीयमा सोनापुर मिनरल्स् एन्ड आयल लिमिटेडको साधारण शेयर र हिमालयन ८०–२० को एकाइ हाल सार्वजनिक निष्कासन तथा विक्रीमा छन् । भदौ १० गतेदेखि सर्वसाधारणलाई शेयर विक्री गरिरहेको मान्डु हाइड्रोपावरको आईपीओमा भने मागभन्दा बढी आवेदन परेपछि छिटो अवधि भदौ १३ गते नै निष्कासन तथा विक्री बन्द भइसकेको छ । मान्डुको आईपीओमो छिटो अवधिभित्र मागभन्दा झन्डै नौ गुणा बढी आवेदन परेको सिडिएस एन्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । सर्वसाधारणमा आईपीओ जारी हुँदा मागभन्दा बढी आवेदन पर्दै आए पनि सोही आईपीओ स्थानीयमा भने कतिपय कम्पनीको विकेको छैन । सर्वसाधारणमा विकेको मान्डु हाइड्रोपावरको आईपीओ पनि स्थानीयमा ७९ हजार ३० कित्ता विक्री हुन सकेको थिएन । कम्पनीले स्थानीयमा २ लाख ७२ हजार ७३० कित्ता आईपीओ छुट्ट्याएको थियो । स्थानीयमा वितरण हुन नसकेको उक्त आईपीओ समेत सर्वसाधारणमा विक्री भएको छ । अहिले आयोजना प्रभावित स्थानीयमा सोनापुर मिनरल्स् एन्ड आयलको आईपीओ विक्रीमा छ । साउन २९ गतेदेखि विक्रीमा आएको कम्पनीको आईपीओ छिटो अवधि भदौ ११ गतेसम्म स्थानीयमा नबिकेपछि अवधि थप गरी भदौ २६ गतेसम्मको मिति तय गरिएको छ । यो कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १२५ रूपैयाँ थप गरी प्रतिशेयर २२५ रुपैयाँमा आईपीओ विक्रीमा ल्याएको हो । त्यस्तै प्रतिएकाइ १० रुपैयाँ अंकित मूल्यमा साउन ३२ गतेदेखि विक्रीमा आएको हिमालयन ८०–२० योजनाको एकाइ पनि छिटो अवधि भदौ ४ गतेसम्म नबिकेपछि भदौ १५ गतेसम्मको विक्री मिति तय गरिएको छ । चार कम्पनीको हकप्रद शेयर खरीदका लागि परेको आवेदनको तथ्यांक हेर्दा पनि तोकिएको अवधिभित्र सम्पूर्ण कित्ता बिक्ने सम्भावना कम देखिन्छ । यसअघि हकप्रद जारी गरेको नेशनल हाइड्रोपावरको १३ लाख ३६ हजार ७४२ दशमलव ७१७८ कित्ता हकप्रद शेयर नबिकेपछि भदौ १३ गतेदेखि लिलामीमा ल्याएको छ । कम्पनीले ५० प्रतिशत दरको ८२ लाख २१ हजार ४५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर निष्कासन गरेकोमा ६८ लाख ८४ हजार ७१७ कित्ता मात्र वितरण भएको हो । कम्पनीले असार २९ गतेदेखि साउन १८ गतेसम्म जेठ ३२ गतेसम्म कायम शेयरधनीका लागि हकप्रद शेयर जारी गरेको थियो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार सर्वसाधारणतर्फ वितरण हुन नसकेको १३ लाखभन्दा बढी कित्ता हकप्रद शेयर लिलामीमा विक्री गर्न लागिएको हो ।

सम्बन्धित सामग्री

धितोपत्र ब्रोकर्श र अर्थमन्त्रीबीच भेटवार्ता, बजारको वर्तमान समस्याबारे छलफल

काठमाडौं । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपाल (डिब्यान)ले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेको छ । शुक्रबार एशोसिएनका अध्यक्ष सागर ढकाल सहितको टोलीले अर्थमन्त्री पुनलाई भेटेर धितोपत्र बजारको विकास र विस्तारका लागि आवश्यक छलफल गरेका हुन् । नवनियुक्त अर्थमन्त्रीलाई शुभकामना दिन पुगेको टोलीले बजारको वर्तमान अवस्था र यसको सुधारका आवश्यक विषयमा छलफल गरेको एशोसिएसनका महासचिव कृष्ण गिरीले बताएका छन् ।  अर्थमन्त्री समक्ष अस्थिर नीतिका कारण धितोपत्र दोस्रो बजारले गति लिन नसकेको गुनासो एशोसिएसनले राखेको समेत महासचिव गिरीको भनाई छ । धितोपत्र बजारलाई प्रत्यक्षरूपमा नियालिरहेका नवनियुक्त अर्थमन्त्री पुनले समयानुकूल नीतिमा जोड दिएर आगामी दिनमा यो बजारको विकास र विस्तारका लागि अर्थमन्त्रालयले काम गर्ने विश्वास व्यक्त गरेको समेत गिरीले जानकारी दिए ।  देशको अर्थतन्त्रलाई चलायमान बनाउन पूँजीबजारले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अर्थमन्त्री पुनले पूँजीबजारको लागि आवश्यक नीति निर्माण गर्ने निकायहरूसँग समन्वय गरेर समायसापेक्ष नीतिमा जोड दिने बताएको महासचिव गिरीको भनाई छ ।  बैंक तथा वित्तीय संस्थाको बढी स्वामित्व रहेको धितोपत्र बजारमा नेपाल राष्ट्र बैंकको नीतिले प्रत्यक्ष प्रभाव पार्दै बुझाई एशोसिएसनको छ । धितोपत्र ब्रोकरहरूले अर्थमन्त्रीसँगको भेटमा राष्ट्र बैंकले मार्जिन कारोबारको सीमाका सम्बन्धमा गरेको पछिल्लो व्यवस्थाका सम्बन्धमा समेत सरकारले ध्यान दिन आवश्यक रहेको बताए ।  नेपाल राष्ट्र बैंक पनि सरकारकै एक अंक भएकाले धितोपत्र बजारमा असर पर्ने नीति निर्माण भएको पाइएमा त्यसलाई आवश्यक संशोधनका लागि समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता अर्थमन्त्रीले व्यक्त गरेको गिरीले प्रष्ट पारेका छन् । उनले अहिलेको अर्थमन्त्री धितोपत्र बजारप्रति सरकारात्मक रहेको र धितोपत्र बजारको विकास र विस्तारका लागि संवेदनशिल भएर बोर्ड अध्यक्ष नियुक्तसँगै काम अघि बढाउने बताएको जानकारी दिएका छन् । अर्थमन्त्री पुनले बोलेको कामलाई व्यवहारमा उतार्ने विश्वास पनि एशोसिएनसले लिएको छ ।

रुस–युक्रेन युद्धका कारण एसियाली अर्थतन्त्रमा व्यापक असर : आईएमएफ

रुस–युक्रेन युद्धका कारण एसियाली क्षेत्रको अर्थतन्त्रमा व्यापक असर परेको छ । व्यापार र वित्तीय बजारको अनिश्चितता र मुद्रास्फीतिको सन्दर्भमा व्यापक रूपमा असर गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जनाएको छ । एसियाको रुससँग त्यति धेरै बलियो व्यापार सम्बन्ध छैन । तर, युरोपसँग एसियाली बजारमा सम्बन्ध निकट छ । युरोपको समग्र बजारमा युक्रेन युद्धको प्रभाव देखिएको यसले एसियाली देशको बाह्य मागमा असर गरेको आईएमएफको एसिया तथा प्रशान्त विभागका निर्देशक कृष्णा श्रीनिवासनले बताउनुभयो । युद्धपछि खाद्यान्न तथा सामग्रीको मूल्यमा...

नयाँ स्टक एक्सचेन्ज सञ्चालनको अनुमति दिन माग

निजी क्षेत्रले नयाँ स्टक एक्सचेन्ज सञ्चालनको अनुमति दिन धितोपत्र बोर्डसँग माग गरेको छ । हाल सञ्चालनमा रहेको स्टक एक्सचेन्जले सञ्चालनको लामो अवधिमा समेत बजारको आवश्यकताबमोजिम पूर्वाधार व्यवस्था गरी कारोबार प्रणालीलाई समस्यारहित, सहज, सरल, विविध प्रकारका धितोपत्र कारोबार गर्न नसक्दा सम्पूर्ण धितोपत्र बजारको विकासमा प्रतिकूल असर परिरहेकोले यसको निजीकरण तथा सशक्तीकरण गर्नुका साथै व्यापक सहभागिता रहने […]

विश्व बजारमा कच्चा तेलको मूल्य वृद्धि, नेपालमा तेलको मूल्यमा कस्तो असर पर्ला

काठमाडौं, १७ जेठ । विश्व बजारमा विश्व बजारमा कच्चा तेलको मूल्यवृद्धि भएको छ । मूल्यवृद्धिसँगै विश्व बजारको मूल्य प्रभावित भएको छ । ब्रेन्ट क्रुडको प्रति ब्यारल कच्चा तेलको मूल्य १२४ डलर पुगेको छ । ओपेक बास्केटको ११८ डलर छ । डब्लुटीआई क्रुडको ११९ डलर रहेको छ । सबैभन्दा बढी कच्चा तेल उत्पादक देश साउदी अरेबियाले […]

इन्डोनेसियाको निर्यात प्रतिबन्धले नेपालमा असर

पाम आयल व्यापारइन्डोनेसियाले पाम आयलको निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालको कुल निर्यातमा त्यसको असर देखिने भएको छ । आन्तरिक बजारको मागलाई हेरेर इन्डोनेसियाले पाम आयालको निर्यातमा प्रतिवन्ध लगाएको हो ।नेपालको एक चौथाइ निर्यात धानेको पाम आयलमा इन्डोनेसियाले प्रतिवन्ध लगाएपछि नेपालमा हुने पाम आयलको आयातमा प्रत्यक्ष प्रभाव पर्ने भएको हो । विभिन्न देशबाट पाम आयल आयात गरी […]

हाटले हटायो तरकारी बजारको समस्या

रौतहट (अस) । तरकारी खेती गर्दै आएका चन्द्रनिगाहपुर–४ का किसान भवनाथ तिमल्सिनालाई अहिले बजारको समस्या छैन । साताको दुई दिन अर्थात् सोमवार र शुक्रवार चन्द्रनिगाहपुरमा हाटबजार लाग्ने गरेपछि उनले झेल्दै आएको बजारको समस्या हटेको हो । खेतमा उत्पादित तरकारी आफ्नो साधनमा राखेर उनले हाटबजारसम्म पुर्‍याउँछन् । उनले जस्तै चन्द्रपुर–४ कप्तान टोलमा अधिकांशले तरकारी खेती गरिरहेका छन् । अधिकांशको तरकारी हाटबजारमा नै खपत हुने गरेकाले बजारको खासै समस्या झेल्नु परेको छैन । ‘गाउँमा नै उत्पादित तरकारी भएकाले चन्द्रनिगाहपुर हाटबजारमा नै खपत हुन्छ’ उनले भने । घर नजिकैको खेतमा मौसमी वा बेमौसमी तरकारी खेती गरेर कप्तान टोलका कृषकले मनग्य आम्दानी गर्दै आएका छन् । तरकारी खेतीका लागि मलको समस्या पनि यहाँका किसानले भोग्नु परेको छैन । गाईभैंसी पाल्दै आएका यहाँका अधिकांश कृषकले प्राङ्गारिक मल (गोबर) को नै प्रयोग गरेर खेती गर्दै आएका छन् । गाउँघरमा नै उत्पादित तरकारीमा रासायनिक मल वा विषादीको प्रयोग नहुने भएकाले उपभोक्ताको आकर्षण बढ्दै गएको चन्द्रनिगाहपुरका शिक्षक गोपाल दाहाल बताउँछन् । हाटबजारमा तरकारी लैजानेबित्तिकै उपभोक्ताले किन्ने गरेको उनको भनाइ छ । तरकारीको स्वाद नै फरक हुने र असर पनि नगर्ने भएपछि गाउँकै तरकारी उपभोक्ताको रोजाइमा पर्ने गरेको कप्तान टोलका कृषकहरू बताउँछन् । कप्तान टोलको मुख्य आयस्रोत नै तरकारी उत्पादन हो । दैनिक उपभोग्य सामानदेखि लत्ताकपडा, जुत्ता–चप्पलदेखि शृंगारका सामग्रीसहित आवश्यक सम्पूर्ण सामान गाउँमै लाग्ने साप्ताहिक हाटबजारमा पाइन्छ । गाउँ–गाउँमा सडक सञ्जाल विस्तार भएसँगै चन्द्रपुर नगरपालिकाको ग्रामीण क्षेत्रमा पनि हाटबजार लाग्ने गरेको छ । अहिले चन्द्रपुर नगरपालिका अन्तर्गत गैंडाटार, जुडिबेला, पौराई, चेतनगर, डुमरिया, बालचनपुरमा पनि हाटबजार लाग्ने गरेको छ । कृषिजन्य उत्पादन विक्रीका लागि अब बजारको खोजी गर्दै बाहिर जानुपर्ने अवस्था नरहेको चन्द्रपुर नगरपालिकाका अधिकारीहरू बताउँछन् ।

सडक ढलान अलपत्र पारेको भन्दै स्थानीयवासीको विरोध

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको सडक ढलानको काम ठेकेदार कम्पनीले अलपत्र पारेको भन्दै स्थानीयले विरोध जनाएका छन् । दिक्तेल बजारको मानव अधिकार चोकदेखि त्रिवेणीचोकसम्मको सडक ढलान गर्ने ठेक्का लिएको सूर्य विकास जेभीले काम अलपत्र छाड्दा हिँडडुल गर्नदेखि व्यपार–व्यवसायमा असर पुगेको भन्दै स्थानीयले विरोध जनाएका हुन् । ढलानका लागि बजारको सडक भत्काएर यत्रतत्र ढुङ्गामाटो थुपारेर छाड्दा व्यापार व्यवसायमा प्रत्यक्ष असर पुगेको भन्दै उद्योग वाणिज्य सङ्घको नेतृत्वमा बुधबार स्थानीयले द

विद्यालयलाई निर्देशन- ‘विद्यार्थीलाई बजारको तयारी प्याकेटको खाजा नखुवाउनु’

कतिपय स्थानीय तहका विद्यालयले बजारबाट तयारी प्याकेट खाजा खरिद गरी खुवाउने गरेको जानकारी आएको भन्दै केन्द्रले यसले सरकारको नीति र बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने उल्लेख गरेको छ ।

बेनीमा सडक अतिक्रमण

म्याग्दी जिल्ला सदरमुकाम बेनी बजारमा सडक अतिक्रमण भएको छ । सडक अतिक्रमण गरी बनाइएका भौतिक संरचनाका कारण बजारमा विभिन्न किसिमको समस्या भएको छ । सडक अतिक्रमण गर्दा आवतजावत गर्न, सवारीसाधन दुर्घटना तथा बजारको सौन्दर्यमा असर परेको छ । जताततै होडिङबोर्ड, पेटीमा सामान राख्ने, सडकमा निर्माण सामग्री थुपार्ने तथा जस्तापाताको छाप्रो बनाएर सडक अतिक्रमण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्र नेपालीले जानकारी दिए ।“साँघुरो सडक अतिक्रमण गरी बनाइएका संरचनाले ट्राफिक व्यवस्थापनमा समस्य