धितोपत्र ब्रोकर्श र अर्थमन्त्रीबीच भेटवार्ता, बजारको वर्तमान समस्याबारे छलफल

काठमाडौं । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपाल (डिब्यान)ले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेको छ । शुक्रबार एशोसिएनका अध्यक्ष सागर ढकाल सहितको टोलीले अर्थमन्त्री पुनलाई भेटेर धितोपत्र बजारको विकास र विस्तारका लागि आवश्यक छलफल गरेका हुन् । नवनियुक्त अर्थमन्त्रीलाई शुभकामना दिन पुगेको टोलीले बजारको वर्तमान अवस्था र यसको सुधारका आवश्यक विषयमा छलफल गरेको एशोसिएसनका महासचिव कृष्ण गिरीले बताएका छन् ।  अर्थमन्त्री समक्ष अस्थिर नीतिका कारण धितोपत्र दोस्रो बजारले गति लिन नसकेको गुनासो एशोसिएसनले राखेको समेत महासचिव गिरीको भनाई छ । धितोपत्र बजारलाई प्रत्यक्षरूपमा नियालिरहेका नवनियुक्त अर्थमन्त्री पुनले समयानुकूल नीतिमा जोड दिएर आगामी दिनमा यो बजारको विकास र विस्तारका लागि अर्थमन्त्रालयले काम गर्ने विश्वास व्यक्त गरेको समेत गिरीले जानकारी दिए ।  देशको अर्थतन्त्रलाई चलायमान बनाउन पूँजीबजारले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अर्थमन्त्री पुनले पूँजीबजारको लागि आवश्यक नीति निर्माण गर्ने निकायहरूसँग समन्वय गरेर समायसापेक्ष नीतिमा जोड दिने बताएको महासचिव गिरीको भनाई छ ।  बैंक तथा वित्तीय संस्थाको बढी स्वामित्व रहेको धितोपत्र बजारमा नेपाल राष्ट्र बैंकको नीतिले प्रत्यक्ष प्रभाव पार्दै बुझाई एशोसिएसनको छ । धितोपत्र ब्रोकरहरूले अर्थमन्त्रीसँगको भेटमा राष्ट्र बैंकले मार्जिन कारोबारको सीमाका सम्बन्धमा गरेको पछिल्लो व्यवस्थाका सम्बन्धमा समेत सरकारले ध्यान दिन आवश्यक रहेको बताए ।  नेपाल राष्ट्र बैंक पनि सरकारकै एक अंक भएकाले धितोपत्र बजारमा असर पर्ने नीति निर्माण भएको पाइएमा त्यसलाई आवश्यक संशोधनका लागि समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता अर्थमन्त्रीले व्यक्त गरेको गिरीले प्रष्ट पारेका छन् । उनले अहिलेको अर्थमन्त्री धितोपत्र बजारप्रति सरकारात्मक रहेको र धितोपत्र बजारको विकास र विस्तारका लागि संवेदनशिल भएर बोर्ड अध्यक्ष नियुक्तसँगै काम अघि बढाउने बताएको जानकारी दिएका छन् । अर्थमन्त्री पुनले बोलेको कामलाई व्यवहारमा उतार्ने विश्वास पनि एशोसिएनसले लिएको छ ।

सम्बन्धित सामग्री

साढे २९ अर्ब सहुलियत ऋण आउने

काठमाडौं । नेपालले साढे २९ अर्ब रुपैयाँभन्दा बढी सहुलियतपूर्ण ऋण पाउने भएको छ । मित्रराष्ट्र अमेरिका र एशियाली विकास बैंक (एडीबी) ले उक्त परिमाणमा सहुलियत ऋण दिन लागेका हुन् ।  नेपालका साना तथा मझौला उद्योगलाई अमेरिकाले साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग गर्ने वचन दिएको हो । अमेरिकाका विदेशमन्त्री एन्थोनी जे ब्लिंकेनले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँगको हालैको भेटमा १२५ मिलियन अमेरिकी डलर (१६ अर्ब ६२ करोड ५० लाख रुपैयाँ) ऋण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । एडीबीसँग त ऋण सम्झौता नै भइसकेको छ । अमेरिकी सहयोग नेपालका बैंकहरूमार्फत साना तथा मझौला उद्योगमा प्रवाह गरिने बताइएको छ । बैंकमार्फत हुने कर्जा प्रवाहले नेपालको बैंकिङ क्षेत्रलाई थप सहज हुने भएको छ । परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री ब्लिंकेनबीच अमेरिकी विदेश मन्त्रालयमा सोमवार राति भेटवार्ता भएको थियो । भेटमा विकास साझेदारी, व्यापार र बजारको पहुँच, लगानी र प्रविधि, कृषि र खाद्य सुरक्षालगायत विषयमा छलफल भएको छ ।  सडक सञ्जाल सुधार्न एडीबीबाट १३ अर्ब  साना तथा मझौला उद्योगलाई अमेरिकाबाट साढे १६ अर्ब दुई देशका विदेशमन्त्रीले क्षेत्रीय तथा अन्तरराष्ट्रिय साझा चासोका विषयमा पनि छलफल गरेका छन् । साउदले नेपालले अल्पविकसित देशबाट मध्यमस्तरको देशमा स्तरोन्नतिका लागि कार्ययोजना बनाएकाले थप सहयोगको खाँचो औंल्याएका थिए । मन्त्री साउदले नेपाललाई व्यापार तथा लगानी, बजारको पहुँच, कृषिको र सूचनाप्रविधिको विकासका लागि सहयोग गर्न अमेरिकी सरकारसँग अनुरोध गरेका थिए । मन्त्री साउदले नेपालमा उत्पादित थप वस्तुलाई व्यापार सहुलियत प्रदान गर्न पनि अनुरोध गरेका छन् । मन्त्री साउदले नेपालको आर्थिक, सामाजिक विकासका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र अमेरिकी सहयोग नियोगको सहयोग उल्लेखनीय भएको बताए । वार्ताका क्रममा दुवै पक्षले एमसीसी परियोजना तोकिएको समयमै सम्पन्न हुनेमा विश्वस्त रहेको बताएका थिए । त्यस्तै सरकार र एडीबीबीच नेपालको सडक सञ्जाल सुधार तथा विस्तारका लागि करीब १३ अर्ब (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । मंगलवार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्कर र एडीबीका नेपाल निर्देशक आर्नोड काओसिसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका लागि एडीबीबाट भएको यो अतिरिक्त वित्तीय लगानी हो । कुल ३२४ किलोमीटर सडक सञ्जाल सुधार तथा विस्तारका लागि यो रकम खर्च गरिने मन्त्रालयले बताएको छ । कार्यक्रममा प्रदेश सरकारले कार्यान्वयन गर्ने यो परियोजनाले समावेशी विकासको अवधारणा र संघीयता कार्यान्वयनलाई सघाउने अर्थसचिव पुष्करले विश्वास व्यक्त गरे । ‘ग्रामीण क्षेत्रमा समावेशी विकास र आर्थिक सबलीकरणसँगै यो परियोजनाले संघीयता कार्यान्वयनमा पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ’, अर्थसचिव पुष्करले भने, ‘बाढीपहिरोलगायत समस्याबाट सडक सञ्जालसँगै ग्रामीण जनजीवन पनि बिग्रिएको छ । यो परियोजनाले उक्त समस्या समाधानमा भूमिका खेल्नेछ ।’ एडीबीका नेपाल निर्देशक काओसिसले विभिन्न पाँच प्रदेशमा गुणस्तरीय र पर्यावरणमैत्री सडक पूर्वाधार निर्माणका लागि यो ऋण सम्झौता भएको बताए । सडक मर्मत सम्भारसँगै पुल निर्माण, सडक सुरक्षा तथा व्यवस्थापनलगायत काम यो आयोजनामार्फत गरिनेछ ।

परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री ब्लिङ्केनबीच भेटवार्ता

वाशिङटन डिसी । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच अमेरिकी विदेश मन्त्रालयमा गए राति द्विपक्षीय भेटवार्ता भएको छ । उक्त भेटमा विकास साझेदारी, व्यापार र बजारको पहुँच, लगानी र प्रविधि, कृषि र खाद्य सुरक्षालगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको थियोे । यसैगरी दुई देशका विदेशमन्त्रीले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझा चासोका विषयमा समेत छलफल गर्नुभएको […]

परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री ब्लिङ्केनबीच भेटवार्ता

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच अमेरिकी विदेश मन्त्रालयमा गए राति द्विपक्षीय भेटवार्ता भएको छ । उक्त भेटमा विकास साझेदारी, व्यापार र बजारको पहुँच, लगानी र प्रविधि, कृषि र खाद्य सुरक्षालगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको थियोे ।

नेपाल धितोपत्र बोर्ड र सेबीका पदाधिकारीबीच भेटवार्ता, पूँजी बजार विकासबारे छलफल

३ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्ड र भारतीय पूँजी बजारको नियामक निकाय सेक्युरिटी एक्सचेञ्ज बोर्ड अफ इन्डिया (सेबी) का पदाधिकारीबीच भेटवार्ता भएको छ । भारत भ्रमणमा रहेको बोर्डका अध्यक्ष रमेश हमालसहितको टोलीले सेबीकी अध्यक्ष …