पानीको अभाव झेल्दै फुस्रेटारका तीन सय घरधुरी

तनहुँको भानु नगरपालिकाको करिब एक वडामा नै पानीको अभावमा रहेको छ। पानीको मुहान सुकेपछि यस क्षेत्रमा खानेपानीको अभाव भएको हो।...

सम्बन्धित सामग्री

लिबियामा बाढीले ३८ हजार बढी मानिस बिस्थापित

एजेन्सी । भूमध्यसागरीय आँधी डेनियलका कारण आएको बाढीले उत्तरपूर्वी लिबियामा ३८ हजार ६ सय ४० जना बिस्थापित भएका छन् । बाढीले करिव ५ हजार घरमा क्षति पुर्‍याएको र खानेपानी, विद्युत र अत्यावश्यक सामग्री आपूर्तिमा पनि समस्या भएको बताइएको छ । प्रभावित क्षेत्रमा पिउने पानीको अभाव भएको र बाढीले अहिलेसम्म ५ हजार ५ सय जनाको मृत्यु […]

दाङको सीमा क्षेत्रमा खानेपानीको चरम अभाव

काठमाडौँ- भारतसँग सिमाना जोडिएको दाङको राजपुर गाउँपालिका जिल्लाकै विकट पालिकामध्येको एक हो । सदरमुकाम घोराहीदेखि त्यहाँको दूरी झन्डै एक सय किलोमिटर रहेको छ । दाङको राजपुर र गढवा गाउँपालिकामा ३४ वटा नाका (सीमा क्षेत्रका बस्ती) रहेका छन् । यी सबै नाकामा खानेपानीको चरम अभाव छ । सफा पिउने पानीको अभाव हुँदा यहाँका स्थानीयवासी खोलाको दूषित […]

पर्वतको विष्टपानीमा बोरिङ प्रविधिमार्फत पानी वितरण

पर्वत । पहाडी क्षेत्रमा डिप बोरिङ गरेर पानी निकाल्ने प्रविधि सफल भइरहेको अवस्थामा पर्वतको उच्च पहाडी क्षेत्र फलेवास नगरपालिका ३ पोखराचौर स्थित विष्टपानीमा डिप बोरिङ गरेर पानी निकालिएको छ । डिप बोरिङ गरेर निकालिएको पानी यहाँका १७ घरमा वितरण गर्न शुरू भइसकेको छ । नाम विष्टपानी भए पनि यो गाउँमा पानीको अभाव थियो । सामुद्रिक सतहबाट १२ सय ४८ मिटर उचाइमा रहेको विष्टपानी गाउँमा १ सय २० मिटर जमिनमुनिबाट पानी निकालिएको छ । ३२ एमएमको पाइपमा दिनमा दुई घण्टा पानी तान्दा गाउँलाई दिनभरि पुग्छ । फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्माले उक्त आयोजनाको उद्घाटन गरे । सम्भावना नै नदेखेको ठाउँमा पनि लामो प्रयासपछि पानी निकालेर घरघरै वितरण गर्न सफल भएको शर्माले बताए । फलेवास नगरपालिकाले तीन वर्ष लगाएर यहाँ पानी निकालेको भन्दै शर्माले अरू ठाउँमा पनि यस्तो आयोजना शुरू गर्न सकिने सम्भावना रहेको बताए । नगरको समृद्धि र विकासका लागि आफूहरू असाधारण काम लिएर जनतामाझ गएको प्रमुख शर्माले बताए । नगरपालिकाले यो योजनाका लागि ४० लाख रुपैयाँ खर्चेको छ । यसअघि पनि विष्ट गाउँमा पानी ल्याउन धेरै प्रयास भएका थिए । वडाध्यक्ष अर्जुनबहादुर केसीले विष्टपानी जस्तो उच्च स्थानमा जमीनमुनिबाट पानी तानेर नमूना काम गरेको चर्चा गरे । नजिकमा पानीका मुहान नभएको र टाढाबाट पानी ल्याउँदा बेला बेलामा नआउने समस्याका कारण आजित भएका विष्टगाउँवासी जमिनमुनिको पानी आएपछि समस्याबाट मुक्त भएको केसीले बताए ।  शंकरपोखरी पानीको असुविधा भएको गाउँ हो । यहाँ टाढा टाढाका पानीका मुहान र आकाशे पानी संकलन गरेर समेत पानीको गर्जो टार्ने चलन थियो । यो गाउँमा लमायखोलाबाट पानी तानेर वितरण गर्ने बृहत् लिफ्ट खानेपानी आयोजनाको काम पनि अन्तिम चरणमा रहेको छ । पछिल्लो समय चलेका योजनाहरूले भने शंकरपोखरीवासीले सुविधाको श्वास फेर्न थालेका छन् ।

तेह्रथुमकाे छथर गाउँपालिकामा खानेपानी समस्याको अन्त्य

तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा स्थानीय सरकारले बृहत खानेपानी आयोजना सञ्चालन गरेपछि घण्टौँ हिडेर पानी लिन जानुपर्ने बाध्यताको अन्त्य भएको छ। लामो समयदेखि पानीको अभाव खेप्दै आएका सो ठाउँका सुख्खाग्रस्त क्षेत्रका स्थानीयलाई अहिले राहत मिलेको छ। नागरिकको समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले तेलिया खानेपानी आयोजना सञ्चाल गरेको थियो। खानेपानी आयोजना सञ्चालनसँगै ८ सय परिवार लाभान्भित […]

सुनकोसीको पानी ४५ गाउँमा खुुवाइने

पिउने पानीको अभाव खेपिरहेका सिन्धुलीको सुनकोसी गाउँपालिकाका ४५ गाउँबस्तीका करिब दुई हजार पाँच सय घरमा सुनकोसीको पानी पु¥याउने लक्ष्यसहित खानेपानी परियोजना अगाडि बढाइएको छ । सो परियोजना सुनकोसी गाउँपालिकाको वडा नम्बर ५ र ६ मा सञ्चालन गरिने छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना मन्थलीका प्रमुख राजेन्द्र सापकोटाका अनुसार परियोजनाको अन्तिम लागत अनुमान तयार भई विभागमा पेस गरिएको छ । दुई वर्षमा निर्माण सम्पन्न हुने गरी सम्भवतः मङ्सिरसम्ममा परियोजनाको टेन्डर प्रक्रिया सुरु हुने प्रमुख सापकोटाले जानकारी दिनुभयो । निर्माण सम्पन्नपछि एक वर्षसम्म परियोजनाको सञ्चालन, मर्मत निर्माण कम्पनीले नै गर्नेछ । सङ्घीय सरकारको करिब ४९ करोड लगानीमा निर्माण गरिने सो परियोजनाबाट सुनकोसी गाउँपालिका वडा नम्बर ५ र ६ का दुई हजार ४८० घरमा धारा जडान गरिने प्रमुख सापकोटाले बताउनुभयो । खानेपानी परियोजनामा स्थानीय जनश्रम व्यवस्थापन र सहयोगका लागि नागेडाँडा लिफ्ट खानेपानी उपभोक्ता समूूह गठन गरिएको छ ।

रत्नेचौरमा खानेपानीको अभाव

वर्षौँदेखि उपभोग गर्दै आएको खानेपानीको मूलमा विवाद हुँदा बेनी नगरपालिका -१ रत्नेचौरका करिब चार सय घरधुरीमा पिउने पानीको अभाव भएको छ ।

पोखरी संरक्षणमा स्थानीय

तनहुँको व्यास नगरपालिका–१४, रुम्सीका बासिन्दाले करिब तीन सय वर्ष पुरानो पानी पोखरीको संरक्षण थालेका छन् । वन्यजन्तु र चरिचरण गर्ने घरपालुवा चौपायालाई पानीको अभाव हुन थालेको र परापूर्वकालमा निर्माण गरिएको पोखरी संरक्षणको अभावमा जीर्ण हुँदै गएपछि पुराना पोखरीको संरक्षण अभियान सुरु गरिएको हो ।