हलिउड स्टार तथा मानवतावादी एन्जेलिना जोलीले पाकिस्तानको बाढी प्रभावितलाई अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेकी छिन् । बाढी ग्रस्त पाकिस्तानको भ्रमणपछि उनले यस्तो आह्वान गरेकी हुन् । पछिल्लो सरकारी तथ्यांकअनुसार पाकिस्तानमा अभूतपूर्व मनसुनी वर्षाले देशको एक तिहाइ भागमा बाढी आएको छ र १६ सय जनाको मृत्यु भएको छ । बाढीबाट ७० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । बाढीका कारण मानिसहरुलाई सफा पिउने पानीको अभाव हुनुका साथै विभिन्न संक्रामक रोग फैलिएको छ । बाढीपछि प्रभावित केही क्षेत