पर्वतको विष्टपानीमा बोरिङ प्रविधिमार्फत पानी वितरण

पर्वत । पहाडी क्षेत्रमा डिप बोरिङ गरेर पानी निकाल्ने प्रविधि सफल भइरहेको अवस्थामा पर्वतको उच्च पहाडी क्षेत्र फलेवास नगरपालिका ३ पोखराचौर स्थित विष्टपानीमा डिप बोरिङ गरेर पानी निकालिएको छ । डिप बोरिङ गरेर निकालिएको पानी यहाँका १७ घरमा वितरण गर्न शुरू भइसकेको छ । नाम विष्टपानी भए पनि यो गाउँमा पानीको अभाव थियो । सामुद्रिक सतहबाट १२ सय ४८ मिटर उचाइमा रहेको विष्टपानी गाउँमा १ सय २० मिटर जमिनमुनिबाट पानी निकालिएको छ । ३२ एमएमको पाइपमा दिनमा दुई घण्टा पानी तान्दा गाउँलाई दिनभरि पुग्छ । फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्माले उक्त आयोजनाको उद्घाटन गरे । सम्भावना नै नदेखेको ठाउँमा पनि लामो प्रयासपछि पानी निकालेर घरघरै वितरण गर्न सफल भएको शर्माले बताए । फलेवास नगरपालिकाले तीन वर्ष लगाएर यहाँ पानी निकालेको भन्दै शर्माले अरू ठाउँमा पनि यस्तो आयोजना शुरू गर्न सकिने सम्भावना रहेको बताए । नगरको समृद्धि र विकासका लागि आफूहरू असाधारण काम लिएर जनतामाझ गएको प्रमुख शर्माले बताए । नगरपालिकाले यो योजनाका लागि ४० लाख रुपैयाँ खर्चेको छ । यसअघि पनि विष्ट गाउँमा पानी ल्याउन धेरै प्रयास भएका थिए । वडाध्यक्ष अर्जुनबहादुर केसीले विष्टपानी जस्तो उच्च स्थानमा जमीनमुनिबाट पानी तानेर नमूना काम गरेको चर्चा गरे । नजिकमा पानीका मुहान नभएको र टाढाबाट पानी ल्याउँदा बेला बेलामा नआउने समस्याका कारण आजित भएका विष्टगाउँवासी जमिनमुनिको पानी आएपछि समस्याबाट मुक्त भएको केसीले बताए ।  शंकरपोखरी पानीको असुविधा भएको गाउँ हो । यहाँ टाढा टाढाका पानीका मुहान र आकाशे पानी संकलन गरेर समेत पानीको गर्जो टार्ने चलन थियो । यो गाउँमा लमायखोलाबाट पानी तानेर वितरण गर्ने बृहत् लिफ्ट खानेपानी आयोजनाको काम पनि अन्तिम चरणमा रहेको छ । पछिल्लो समय चलेका योजनाहरूले भने शंकरपोखरीवासीले सुविधाको श्वास फेर्न थालेका छन् ।

सम्बन्धित सामग्री

बोरिङको पानी पिउन घण्टौँ कुर्छन् स्थानीय

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत माझगाउँ बस्ती पानीले काकाकुल छ । स्थानीयको घरमा इनार छ तर पानी छैन । रित्तो गाग्री, जर्किन, जार, बोतल र जग समातेर पानीका लागि घण्टौँ लाइनमा बस्नु उनीहरुको दैनिकी बनेको छ । पानीको हाहाकार भइरहेका बेला वीरेन्द्रनगर नगरपालिका–३, माझगाउँस्थित विश्वासी मण्डली नामक चर्चले बोरिङ गरेर पानी वितरण गरेपछि स्थानीयले राहत […]

मेलम्ची पानी वर्षापछि मात्रै

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंमा पथान्तरण गर्ने कार्य मंगलवार साँझदेखि रोकिएको छ । अब वर्षा सकिएपछि मात्रै मेलम्ची पानी उपत्यका आउने सम्बद्ध अधिकारीहरूले बताएका छन् । मेलम्चीको पानी वैशाख ११ गतेदेखि पुन: काठमाडौं उपत्यकामा वितरण शुरू भएको थियो । त्यसयता नियमित आएको पानी मंगलवारबाट बन्द भएको छ । यसअघि २०७७ चैतमा मेलम्ची पानी काठमाडौं ल्याइएको थियो । मेलम्ची पानी आउन बन्द भएसँगै उपत्यकामा दैनिक १७ करोड लिटर पानी कम आपूर्ति हुनेछ । उपत्यकाको मागअनुसार दैनिक ३२ करोड लिटर पानी अपुग हुन्छ । अहिलेसम्म मेलम्चीबाट दैनिक १७ करोड र काठमाडौंकै आन्तरिक स्रोतबाट ११ करोड लिटर गरी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले २८ करोड लिटर पानी वितरण गरिरहेको छ । बाँकी माग निजीक्षेत्रका ट्यांकर, घरघरमा जडित बोरिङ, ट्युबवेल, इनार जस्ता स्रोतबाट धानिएको छ । अब केयूकेएलले दैनिक ११ करोड लिटरमात्रै आपूर्ति गर्नेछ । उपत्यकामा दैनिक पानीको माग ४३ करोड लिटर पुगेको केयूकेएलका प्रवक्ता प्रकाशकुमार राई बताउँछन् । उपत्यकामा पानीको अवस्था दैनिक आपूर्ति १७ करोड लिटरले घट्ने धारामा पानी कम्तीमा ६ दिन बिराएर उपत्यकाको दैनिक खानेपानी माग ४३ करोड लिटर मेलम्चीबाट आपूर्ति १७ करोड लिटर केयूकेएलले उपत्यकाका स्रोतबाट गर्ने आपूर्ति ११ करोड लिटर केयूकेएलबाट हालसम्म भइरहेको आपूर्ति २८ करोड लिटर अब हुने आपूर्ति ११ करोड लिटर नपुग पानी ३२ करोड लिटर नपुग आपूर्ति ट्यांकर र घरघरका भूमिगत स्रोतबाट उनले भूमिगत र सतहको गरी सुक्खायाममा दैनिक ११ करोड लिटर पानी वितरण गरिएको भन्दै अब पनि सोही परिणाममा आपूर्ति हुने बताए । ‘यसमा मेलम्चीको १७ करोड लिटर पानी थपिँदा १/२ दिन बिराएर केयूकेएलले पानी दिँदै आएको थियो,’ राईले भने, ‘अब कम्तीमा ५/६ दिन बिराएर वितरण गरिनेछ ।’ कतिपय स्थानमा पानी आउन त्योभन्दा बढी समय लाग्ने देखिएको छ । मेलम्चीबाट पानी आउन बन्द भएसँगै उपत्यकामा खानेपानी वितरणको समय तालिका परिवर्तन गरिएको उनले बताए । मेलम्ची बन्द भएसँगै मंगलवारदेखि नै केयूकेएलका मुख्य शाखाहरूले पानी वितरणको समय तालिका सार्वजनिक गरेका छन् । यसअनुसार अब उपत्यकावासीले पानीका लागि कम्तीमा १ साता कुर्नुपर्ने देखिन्छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले मंगलवार बिहानदेखि पानी पथान्तरण घटाई साँझपख पूर्णरूपमा बन्द गरेको जानकारी दिए । गतवर्षको असार १ र साउन १६ मा आएको बाढीपहिरोका कारण आयोजनामा क्षति पुगेपछि पानी काठमाडौं आएको थिएन । त्यो अवस्था नदोहोरियोस् भनेर र ठूलो बाढी आउँदा सुरुङ र अस्थायी संरचनामा क्षति हुन नदिन पानी बन्द गरिएको पन्तले जानकारी दिए । उनले काठमाडौंमा मेलम्चीको पानी फेरि कहिले आउँछ भन्ने कुरा वर्षायाम कति लम्बिन्छ भन्नेमा भर पर्ने बताए । ‘तत्काल यो दिन/महीनामा पानी आउँछ भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘वर्षायाम सकिँदा र नदीमा धमिलो पानी नहट्दासम्म यकिन गर्न सकिँदैन ।’ गतवर्ष बाढी आउँदा सुरुङमा लेदो, हिलो पसेको थियो । अहिले त्यो अवस्था नआओस् भनेर र अस्थायी संरचना जोगाउने उद्देश्यले वर्षाअघि नै बन्द गरिएको उनले बताए । ३० अर्ब रुपैयाँभन्दा बढी रकम खर्चेर बनाइएको मेलम्ची आयोजनाको पानी अहिले पनि स्थायी संरचना तथा मुख्य सुरुङबाट आएको छैन । अस्थायी संरचनाबाट ल्याइएको पानी स्थायी संरचना र दिगो रूपमा ल्याउने कुरो अब एशियाली विकास बैंक (एडीबी)ले बुझाउने प्रतिवेदनले निर्क्यौल गर्नेछ । गतवर्ष बाढी आएपछि एडीबीले आयोजनामा विस्तृत अध्ययन गरेको छ । उक्त प्रतिवेदन अन्तिम चरणमा रहेको र एडीबीले छिट्टै बुझाउने पन्तले बताए । मेलम्ची आयोजनाको परिकल्पना गरेको पाँच दशकपछि २०७७ चैतमा काठमाडौंमा त्यहाँका पानी आएको थियो ।

पानीको वैकल्पिक प्रयास (सम्पादकीय)

मेलम्ची स्रोतबाट काठमाडौँ उपत्यकावासीको पानीको आवश्यकता पूरा गर्ने सपना प्राकृतिक विपत्तिका कारण धक्का लागेपछि सरकार नयाँ विकल्पको खोजीमा जुटेको छ । प्राकृतिक विपत्तिका कारण नराम्ररी क्षतविक्षत भएको मेलम्ची खानेपानी आयोजना तत्काल मर्मत गरेर राजधानीवासीलाई पानी खुवाउन कठिनाइ देखिएपछि डिप बोरिङलाई त्यसको विकल्पका रूपमा अगाडि सारिएको हो । यसक्रममा काठमाडौंँ उपत्यका खानेपानी आयोजना लिमिटेडले (केयुकेएल) ले मेचम्ची निर्माण भएर पानी वितरण सहज नहुँदासम्म डिप बोरिङबाट पानी खुवाउने योजना अगाडि बढाएको छ । त्यसक्रममा (केयुकेएल) ले थप १३ वटा डिप बोरिङ जडान गरी पानीको उत्पादन थप गर्दैछ । यो योजनाबाट दैनिक एक करोड ३० लाख लिटर पानीको उत्पादन थप गर्ने योजना छ । यसक्रममा तीनवटा डिप बोरिङ जडान भएर सञ्चालनमा आइसकेका छन् ।

मेलम्ची खानेपानीको तत्कालीन विकल्प खोजिँदै

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्ची आयोजनाको पानी आउन समय लाग्ने भएपछि त्यसको तत्कालीन विकल्प खोजिने भएको छ । उपत्यकामा भएका स्रोतको संरक्षण र विभिन्न स्थानमा डिप बोरिङ खन्न लागिएको हो । मेलम्चीको पानी नआउँदासम्म भएका खानेपानीको स्रोत परिचालन गरेर वितरण गरिने योजना बनाइएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले जानकारी दिए । उनका अनुसार उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुनेगरी योजना बनाइएको छ । अहिले भइरहेका मुहान संरक्षण गरेर त्यहीँबाट बढी पानी लिन लागिएको बताइएको छ । पुराना ट्युबवेल संरक्षण गर्न थालिएको छ । उपलब्ध पानीको परिमाण बढेपछि तालिका हेरफेर गरेर वितरण गरिने शाक्यले बताए । उपत्यकामा कतिपय स्थानका सेवाग्राहीले आफ्नो घरमा पानी नआएको भनी गुनासो गर्दै आएका छन् । ‘ती स्थानमा पनि ट्यांकरबाट सार्वजनिक ट्यांकीमा भरेर सुक्खा व्यवस्थापन गरिनेछ,’ उनले भने । केयूकेएलले उपत्यकाभित्रै खानेपानीको क्षमता बढाउन १० स्थानमा ट्युबवेल खन्न लागेको छ । भइरहेका मुहान बढाउँदा र डिप ट्युबवेल गरी हाल भइरहेको पानीमा एक करोड लिटर थप हुनेछ । हाल उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ । वर्षामा झन्डै १७ करोड र हिउँदमा त्योभन्दा कम उपलब्ध गराउन सकिएको केयूकेएलले बताएको छ । हिउँद लागेसँगै अहिले पानीको उपलब्धता घटेर दैनिक ८ देखि ९ करोड लिटर पानी वितरण भइरहेको छ । केयूकेएल अन्तर्गत सम्बन्धित शाखाले आफ्नो क्षेत्रमा कुन कुन बार र कति बजे पानी वितरण गरिने भनी फेसबुक पेजबाट तालिका राख्ने गरेको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले वैकल्पिक पानीको स्रोतको पनि अध्ययन गरिरहेको छ । सिस्नेरी, कुलेखानी लगायतका पानीको स्रोतको पनि सम्भाव्यता अध्ययन भइरहेको छ । केयूकेएलले उपत्यकामा जग्गा उपलब्ध हुनसक्ने ठाउँमा डिप वेल निर्माण गरिरहेको छ । सानेपा–बल्खुमा एउटा निर्माण सकिएको छ भने गोकर्ण, भक्तपुर लगायतका ठाउँमा निर्माण भइरहेको छ । स्थानीय तहले सार्वजनिक जग्गा उपलब्ध गराउँदा अध्ययन गरेर सम्भावना भएमा खन्ने गरिएको छ । काठमाडौं उपत्यकामा दशकौंदेखि खानेपानीको समस्या छ । पानीको समस्या हटाउन मेलम्चीको पानी ल्याउन लागिएको थियो । मेलम्चीमा भएको दुर्घटनाका कारण पानी आउन रोकिएपछि पुनः समस्या बढेको छ । रासस

मेलम्ची आए पनि ट्यांकर व्यवसायी भन्छन् : दुई वर्षसम्म हाम्रो व्यापार घट्दैन

काठमाडौं : दुई दशकपछि काठमाडाैं उपत्यकामा मेलम्ची खानेपानी झरेको छ।पानी वितरण थालेसँगै चाबहिल, कुटुबहाल, अनामनगरलगायत क्षेत्रका स्थानीयबासी खुसीले दंग छन्। तर, यसअघि पानी आपूर्ति गरिरहेका ट्यांकर र जार व्यवसायी भने मेलम्चीको पानी आएपछि व्यापार घट्नेमा केही चिन्तामा छन्। के अब ती व्यवसायी विस्थापित होलान् त? काठमाडौं उपत्यका ट्यांकर तथा बोरिङ व्यवसायी संघका अध्यक्ष हरि कँडेल भन्छन्, ‘मेलम्ची पानीलाई हामी स्वागत गर्छौं, अझै हाम्रो पानीको माग दुई वर्षसम्म घट्दैन भन्ने विश्वस लिएका छ