गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले यही जनवरी ६ मा उपचारका क्रममा निधन भएका नेपाली विद्यार्थी युनेष अधिकारीको मृत्युको सत्यतथ्य जानकारी उपलब्ध गराउन माग गरेको छ । एनआरएनए जापानका अध्यक्ष नविन निउरे, महासचिव टीकाराम खरेलसहितको प्रतिनिधमण्डलले टोकियोस्थितत नेपाली दूताबासमा राजदूत डा. दुर्गाबहादुर सुवेदीसमक्ष सो ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्रमा अधिकारीको मृत्यु शंकास्पद रहेको भन्दै विभिन्न समाचारहरु …