निःशुल्क विद्युतीय चुल्हो उपलब्ध गराउन ऊर्जामन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकटको अनेरास्ववियुले विद्यार्थीलाई निःशुल्क विद्युतीय चुल्हो उपलब्ध गराउन सरकारसँग माग गरेको छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वको प्रतिनिधिमण्डलले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई एक ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण जनताको दैनिक जनजीवन प्रभावित भएको र मूल्य घटाउन दिनहुँ सडकमा प्रदर्शन भए […]

सम्बन्धित सामग्री

विद्यार्थीलाई नि:शुल्क विद्युतीय चुल्हो उपलब्ध गराउन अनेरास्ववियूको माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले विद्यार्थीलाई नि:शुल्क विद्युतीय चुल्हो उपलब्ध गराउन सरकारसँग माग गरेको छ । बुधबार एक विज्ञप्तिमार्फत अनेरास्वियूले पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय साधन प्रयोग गर्न प्रोत्साहन गर्न सरकारले विद्यार्थीलाई नि:शुल्क रूपमा विद्युतीय चुल्हो दिनुपर्ने माग गरेको हो । साथै उसले पेट्रोलियम पदार्थमा कर छुट गरी नेपाल...

विद्यार्थीलाई विद्युतीय चुल्हो उपलब्ध गराउन नेविसंघको माग

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले अध्ययनका लागि काठमाडौं आएका विद्यार्थीहरुलाई पनि सहुलियतमा विद्युतीय चुल्हो उपलब्ध गराउन माग गरेको छ । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका प्राविधिक निर्देशक डा.नारायणप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै विद्यार्थीलाई सहुलियतमा चुल्हो उपलब्ध गराउन माग गरेका हुन् । अध्ययन गर्न देशका विभिन्न जिल्लाबाट […]

स्थानीय तहमार्फत १ परिवारलाई १ इन्डक्सन दिइने

काठमाडौं  : सरकारले स्थानीय तहमार्फत विद्युतीय चुल्हो अनुदानमा उपलब्ध गराउने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै स्थानीय तह मार्फत एक परिवारलाई एक विद्युतीय चुल्हो अनुदानमा वितरण गर्ने योजना सुनाएका हुन्।  इन्धनको प्रयोग घटाउन र विद्युत खपत बढाउन इन्डक्सन चुल्हो अनुदानमा उपलब्ध गराउन लागिएको हो।…