नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिले महङ्गी बढेको भन्दै विद्यार्थी, मजदुर, किसानलगायतका समुदायलाई तत्काल निःशुल्क इन्डक्सन चुल्हो उपलब्ध गराउन माग गरेको छ । सोमबार उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री पम्फा भुसाललाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियूले यस्तो माग गरेको हो ।‘हाम्रो संगठन अनेरास्ववियू तत्कालका लागि विद्यार्थीहरुलाई विद्युतीय इन्डक्सन चुल्हो निःशुल्क वितरणका लागि माग गर्दछ’ मन्त्री भुसाललाई बुझाएको ज्ञापनपत्रमा भनिए