भारतको स्टार्ट अप कन्भेन्सन कसरी बन्यो घोटाला कान्ड ?

काठमाडौं । गएको महीना भारतमा स्टार्ट–अप कम्पनीका लागि ‘फन्डिङ कार्यक्रम’को आयोजना गरियो । आयोजकहरुले तीन दिने World Startup Convention (डब्ल्यूएससी) लाई विश्वको सबैभन्दा ठूलो फन्डिङ पर्वको रुपमा बडाई चढाई गरेका थिए । अब विश्वको सबैभन्दा ठूलो फन्डिङ समारोह भएपछि आफ्नो व्यवसायका लागि लगानी गरिदिने व्यापारीहरु भेटिने लोभमा स्टार्ट–अपका संस्थापकहरु पनि कार्यक्रममा आए । सन् २०२१ र सन् २०२२ को अधिकांश समय भारतीय स्टार्ट अप प्रणालीमा लगानीको बाढी नै आयो । कम्पनीहरुले कहिले नदेखिएको स्तरमा लगानी उठाए । यसैबीच रातारात कम्पनीहरु युनिकर्न अर्थात् १ अर्ब डलर वा सोभन्दा बढी मूल्यांकनमा परिणत भए । विश्वको आर्थिक सुस्ती र अवरोधबीच लगानी घट्न थालेका स्टार्ट अपले सम्मेलनबाट निकै आशा गरेका थिए । तर समारोहले राहत भने दिएन । मार्च २४ मा कार्यक्रम शुरु भएको केही घन्टामै समारोह अराजक बन्यो । सहभागीहरु टिकट किनेर सम्मेलनमा सहभागी हुन आएका थिए ।  सम्मेलनको वेबसाइटका अनुसार यसको मुख्य अतिथिहरुमा केन्द्रीय परिवहन मन्त्री नितिन गड्कारी र केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मांडबिया आदि थिए । कार्यक्रमको प्रचार प्रसारका लागि इन्फ्लुएन्सरहरुको समेत प्रयोग गरिएको थियो । समारोहमा १ हजार ५०० भेञ्चर क्यापिटलिष्ट (जोखिम मोलेर लगानी गर्ने लगानीकर्ता), ९ हजार एन्जल इन्भेष्ट (कम्पनीको शेयर लिएर लगानी गरिदिने लगानीकर्ता) र ७५ हजार स्टार्ट अप कम्पनी सहभागी हुने दाबी प्रचार प्रसारमा गरिएको थियो । तर निकै आशा लिएर आएका सहभागीहरुले कार्यक्रममा आएको कयौं घन्टासम्म पनि कुनै लगानीकर्तालाई देखेनन् । आफूहरुलाई झुठो आशा देखाएर बोलाइएको अनि आफूमाथि धोका भएको आरोप कयौं सहभागी र प्रायोजकहरुले लगाउन थाले । दिउँसो अढाई बजेसम्म मुख्य अतिथि नीतिन गड्कारीको भर्चुअल भाषण स्थगित गरियो । सम्मेलन स्थल युद्ध मैदान जस्तै बन्यो । सहभागीहरु लगानीकर्ता कर्ता छन् भनेर प्रश्न गर्दै थिए । तर आयोजकहरुसँग यसको कुनै उत्तर थिएन । उनीहरुले उल्टै केही उद्यमीहरुलाई सम्मेलनमा अवरोध पुर्‍याएको आरोप लगाउँदै थिए । साँझसम्म सम्मेलनको आयोजकहरुमाथि धोकाधडीको आरोप सहित प्रहरीमा ऊजुरी पर्यो । डब्ल्यूएससीका आयोजक क्यूओफाउन्डर प्रा. लि.का सह–संस्थापकहरु ल्यूक तलवार र अर्जुन चौधरीले आफूमाथिको आरोपको खन्डन गरे । भारतीय जनता पार्टी (बीजेपी) विरुद्धकाहरुले कार्यक्रम ध्वस्त पारेको भन्दै उनीहरुले प्रहरीलाई बोलाए । यसबारे न त मन्त्रीहरु न त बीजेपीले कुनै विज्ञप्ति जारी गरेको छ । सहभागीहरुको हल्ला खल्लाका कारण गड्कारीको सम्बोधन रद्द गरिएको चौधरीको भनाइ छ । प्रहरीको सुरक्षामा सम्मेलनको बाँकी कार्यक्रमहरुको आयोजना भएको पनि चौधरीले बताए । थोरै नै भएपनि समारोहमा लगानीकर्ताहरु आएको उनको भनाइ  छ । समारोहमा भारतको निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक आईसीआईसीआई बैंक, लगानी कम्पनी युनिकर्न इन्डिया भेञ्चर्स, वित्तीय सेवा प्रदायक कम्पनी बजार फिनसर्भ, अर्बपति व्यापारी अजिम प्रेमजीको निजी इक्विटी कम्पनी प्रेमजी इन्भेष्ट पनि डब्ल्यूएससी आएको चौधरीले बताएका छन् ।  तर कार्यक्रममा सहभागी भएकाहरुले गरेको पिचिङ पनि लगानीकर्ताले नसुनेर अन्य स्टार्ट अपका संस्थापकहरुले नै सुनेको सहभागीहरुको आरोप छ । यसको के अर्थ भयो ? रिसाएका लगानीकर्ताहरुले उल्टै प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा क्रुद्ध सहभागीहरुले डब्ल्यूएससीबारे तितो अनुभवबारे सामाजिक सञ्जालमा पोष्ट गरेका गिए । गूगलको रिभ्यूमा पनि नकारात्मक टिप्पणी छाडिदिए । कयौं कम्पनीहरुले आफूलाई भ्रमित बनाएर प्रायोजन गर्न लगाएको बताएका छन् । यस मामिलामा प्रहरीले अनुसन्धान गरिरहेको भन्दै बीबीसी र बीबीसी हिन्दीमा समाचार छापिएका छन् । यस मामिलामा अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् । एउटा कम्पनीले सम्मेलनको प्रायाजनमा ४५ हजार डलर खर्च गरेको थियो ।  डब्ल्यूएससीको कार्यक्रमहरु देखेर आफू अति नै निराश बनेको अर्को प्रायोजक सफ्टवेयर विकासकर्ता मञ्च Builder.ai ले भनेको छ । उनीहरुले आफ्नो पैसा फिर्ता गर्न आयोजकहरुलाई अनुरोध गरेका छन् । तर आयोजकहरुले यसको उत्तर नदिएको उनीहरुको गुनासो छ । आफूलाई पनि भ्रमित बनाइएको कम्पनीले बताएको छ । अन्य प्रायोजकहरुले पनि यस्तै खालको आशयसहितको ट्विट गरेका छन् ।  प्रदर्शनमा उत्रिएका उद्यमीहरुका कारण कार्यक्रम अस्तव्यस्त बनेको अनि प्रायोजक र इन्फ्लुएन्सरहरु रिसाएको आरोप आयोजकहरुको छ । समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अल्फाबेटका सीईओ सुन्दर पिचाई अनि ट्विटरका प्रमुख एलन मस्कसमेत समारोहमा सहभागी हुने छाप आफूहरुमा परेको केही प्रायोजक र सहभागीहरुको थियो । आयोजकहरुले जनवरीमा यही सम्मेलनमा यी नाम प्रयोग गरेका थिए । सम्मेलनको मिति सरेपछि मार्चको सम्मेलनबाट यी नाम झिकिएको आयोजकहरुको भनाइ छ । यो समारोहलाई इन्डोर्स गर्ने केही  influencers हरुले  भारतको कानून अनुसार जरिवाना तिर्नु पर्ने हुन सक्ने बताइएको छ । रिसाएका उद्यमीहरुले आयोजकमाथि १ करोड २० लाख डलर ठगेको आरोप लगाएका छन् । सहभागी मानिसहरु र स्टार्ट–अपको संख्याका आधारमा सो आकडा निकालिएको हो । तर आयोजकहरुले भने सम्मेलनको कुल आम्दानी यसको एक छेउ पनि नभएको बताएका छन् । यो घोटाला नै भएको भए ढिलासम्मै  किन जारी राख्थ्यौं भन्ने प्रश्न उनीहरुको छ । सो सम्मेलनमा करीब ४ हजार जना सहभागी आएको बताइएको छ । सहभागी कम्पनीहरुले पनि आफूले कति रकम संलकन गरे भनेर खुलाएका छैनन् । तर अहिले सहभागी र आयोजकहरु दुबै एक अर्कामाथि मुद्दा हाल्ने तयारीमा छन् । एजेन्सी

सम्बन्धित सामग्री

आजका समाचार : राष्ट्रियसभामा फेरियो दलीय समीकरण, माओवादी बन्यो पहिलो पार्टी

राष्ट्रियसभामा फेरियो दलीय समीकरण, पहिलो पार्टी बन्यो माओवादी, बालेन्द्र, हर्क र गोपालले गरे चुनाव बहिष्कार, संविधानको पालना सबैको दायित्व, सुनिल पौडेल र विकल पौडेललाई ७ दिन थुनामा राख्न अनुमति, मानवअधिकार आयोग ऐन संशोधन गर्न सर्वोच्चको आदेश, चीनमा पहिरोमा परी ४३ को मृत्युलगायत समाचार रहनेछन् । पहिलो पार्टी बन्यो माओवादी राष्ट्रियसभा निर्वाचनको नयाँ परिणामसँगै राष्ट्रियसभामा रहेको […]

नेपालमा सियो बन्यो कि बनेन ? बन्यो भन्न सकिन्छ …

१ मंसिर, काठमाडौं । नेपालमा सियो उत्पादन भइरहेको छ वा छैन भन्ने विषयमा सरकारले अस्पष्ट जवाफ दिएको छ । नेपाल मजदुर किसान पाटीए (नेमकिपा)का सांसद प्रेम सुवालले संघीय संसदको दोस्रो अधिवेशनमा नेपालमा ‘सियो बन्यो कि बनेन ?’ भनी नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सोधेका थिए । जवाफमा उद्योग मन्त्रालयले अस्पष्ट जवाफ दिएको हो […]

'अपाङ्गता भएकाहरुका लागि 'पहुँचयुक्त शिक्षा अधिकार' नीति बन्यो, कार्यान्वयन भएन’

अपाङ्गता भएकाहरुका लागि 'पहुँचयुक्त शिक्षा अधिकार’ को नीति बन्यो। नीति बनेसँगै अपाङ्गता भएकाहरुले पहुँचयुक्त शिक्षा पाउने आशा गरे। तर व्यवहारमा भने परिवर्तन भएन।...

वर्षा बन्यो युवा खेलाडीलाई ज्ञानेन्द्रसँग सिक्ने अवसर

काठमाडौं (हाम्रो खेलकुद) – विहीबारदेखि काठमाडौंमा नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता सुरु भयो । तर वर्षाको कारण पहिलो दिन भने क्रिकेट प्रतियोगिता वर्षाले प्रभावित बन्यो । चार मध्य तीन खेल हुन सकेनन् । टियु क्रिकेट मैदानमा एक मात्र सम्भव खेलमा एनआरएनए नेपालले सुदूरपश्चिम प्रदेशलाई १२ रनले हराउँदै विजयी सुरुवात गर्यो । उक्त खेल ६–६ […]

सिन्धुपाल्चोकको इन्द्रावतीमा एमाले विजयी, माओवादी बन्यो तेस्रो

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा एमालेका उम्मेदवार अध्यक्षमा विजयी भएका छन् र एमालेका झम्कनाथ नेपाल ७ हजार १२७ मतका साथ विजयी भएका हुन् । सो गाउँपालिकामा काँग्रेस दोस्रो हुँदा माओवादी तेस्रो बन्यो ।यस्तै सो गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन् । एमालेकी उम्मेदवार शोभना तामाङ विजयी भएकी हुन् ।

शनिवार दिनभर संगीतमय बन्यो कीर्तिपुर

काठमाडौं : शनिवार दिनभर कीर्तिपुर संगीतमय बन्यो। संगीतको महोत्सव 'इकोज इन द भ्याली' अन्तर्गत कीर्तिपुरका विभिन्न स्थानमा सांगीतिक कार्यक्रमहरु आयोजना गरिएको थियो। उक्त कार्यक्रममा सहभागी हुन सयौं मानिस कीर्तिपुर नगरपालिका पुगेका थिए। शनिवार बिहान कीर्तिपुरको सम्पदा भ्रमणबाट सुरु भएको महोत्सव राति जोशी ननिमा 'नेवा: भोज'सँगै सम्पन्न भएको हो। बिहान चिलान्चोमा सांगीतिक परेड आयोजना गरिएको…

रणभूमि बन्यो बानेश्वर

काठमाडौं । बानेश्वर क्षेत्र बुधबार तनाव ग्रस्त बन्यो। प्रदर्शनकारीले संघीय संसद् भवनलाई चारैतिरबाट घेरे। संसद्मा अमेरिका सहयोग परियोजना (एमसीसी) टेबल गर्ने माहोल थियो। त्यसविरुद्ध सत्ता पक्ष नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित अन्य विपक्षी ६ दलले प्रदर्शन गर्‍यो। प्रदर्शनकारीले निषेधज्ञा क्षेत्र तोड्दा प्रहरी र उनीहरूबीच झडप भयो। प्रहरीले पानीको फोहोरालगायत अश्रुग्याससमेत प्रहार गर्‍यो। प्रदर्शनकारीले जवाफमा प्रहरीमाथि […]

अफगानिस्तान कसरी बन्यो महाशक्तिहरुको चिहान (भिडियोसहित)

रिपोर्टर्स नेपाल विश्लेषण । अफगानिस्तान त्यस्तो देश हो जहाँ कुनै महाशक्ति टिकेनन् । जो जो छिरे ती काबुल देखि कान्दाहारसम्म धक्का खाएर फर्किए । ठूलो सैन्य शक्ति र धनराशी गुमाए । महाशक्तिहरुको चिहान बन्यो अफगानिस्तान । भिडियोका लागि यहाँ क्लिक गर्नुहोस् ‘यदि तपाईं ब्रिटिश र अमेरिकी फौजलाई व्यक्तिगत सल्लाह दिनुपर्दा के भन्नुहुन्छ ?’ विश्व मामलाका […]

लेस्टर बन्यो एफएक कप च्याम्पियन

काठमाडौं :  चेल्सीलाई हराउँदै लेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ।  अवे मैदानमा भएको फाइनलमा चेल्सीलाई १–० ले पराजित गरेर लेस्टर सिटीले इतिहासमै पहिलोपटक एफए कपको उपाधि उचालेको हो। लेस्टर सिटीलाई ऐतिहासिक उपाधि दिलाउनका  ६३ औँ मिनेटमा यूरी तिलेमान्सले गरेको गोल नै निर्णायक बन्यो।सन् १९६९ पछि पहिलोपटक एफए कपको फाइनलमा पुगेको लेस्टर सिटीले पहिलोपटक उपाधि उचाल्यो।