अधिकारकर्मी रुबी खान प्रहरी हिरासतमा आमरण अनशन बसेकी छन् । न्यायको अपिल गर्दै पैदलै काठमाडौं पुगेकी उनलाई माइतीघरबाट धर्नामा बसेका बेला गत शुक्रबार प्रहरीले पक्राउ गरी भोलिपल्ट नेपालगन्ज ल्याएको थियो । उनलाई बहुविवाहको मुद्दामा अदालतको आदेशले पक्राउ गरिएको प्रहरीको दाबी छ ।