‘बिजुली जाने समस्या क्षणिक’

पुसे झरीका कारण देशभर चिसो बढेको अवस्थामा काठमाडौँलगायत केही स्थानमा बारम्बार विद्युत् आउने र जाने समस्या क्षणिक भएको नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले स्पष्ट पार्नुभएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर उहाँले अहिले देखिएको समस्या क्षणिक भएको र त्यसलाई सुधार्न काम सुरु भइसकेको जानकारी गराउनुभएको हो । मङ्गलबारदेखि कतिपय स्थानमा हिमपात र वर्षा हुन थालेपछि चिसो बढेको अवस्थामा विद्युत् आपूर्तिसमेत नियमित हुन नसकेको र कतिपय स्थानमा दुई दिनसम्म बत्ती नआएको उपभोक्ताको गुनासो बढेको थियो । प्रमुख कार्यकारी अधिकृत घिसिङले पुसे झरी लाग्दा चिसो बढेपछि काठमाडौँमा एकाएक विद्युत्को माग बढेका कारण अनामनगर, डिल्लीबजार, इमाडोल, बानेश्वर, रत्नपार्क, महाराजगञ्ज क्षेत्रका ट्रान्सफर्मरले लोड धान्न नसकेका कारण विद्युत्को नियमित आपूर्तिमा समस्या देखिएको बताउनुभयो ।

सम्बन्धित सामग्री

उपकरणले नधान्दा झ्याप्प–झ्याप्प बत्ती जान थाल्यो, २६० मेगावाट भारतबाट आयात

काठमाण्डौ – जाडो बढेसँगै बिजुली जाने समस्या बढेको छ । हिटर, एसी लगायतका उपकरण चलाउने क्रम बढेकाले माग बढेसँगै बिजुली जाने समस्या बढेको हो । काठमाण्डौको नेपालटार, नयाँ बानेश्वर, शान्तिनगर, भक्तपुर र ललितपुरका विभिन्न ठाउँमा झ्याप्प–झ्याप्प बत्ती गइरहेको उपभोक्ताले गुनासो गरेका छन् । यस्तै चितवन, कैलाली, कपिलवस्तु, नवलपुर, सुर्खेत लगायतका जिल्लाका उपभोक्ताले पनि बत्ती गइरहेको गुनासो गरेका छन् । चाहिने बेलामा नै बत्ती जाँदा समस्यामा परेको उपभोक्ताको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले नेपाललाई चाहिनेजति बिज...

सुदूरपश्चिममा अघोषित लोडसेडिङ !

धनगढी : सुदूरपश्चिममा अघोषित लोडसेडिङको समस्या भएको छ। प्रदेशवासी अघोषित लोडसेडिङको मारमा परेका छन्। गर्मी बढेसँगै जानकारीबिना लामो समयका लागि बिजुली जाने–आउने हुँदा सास्ती बढेको हो। सुदूरपश्चिम प्रदेशमा ६५ प्रतिशत घरधुरीमा पहुँच भएको राष्ट्रिय प्रशारण लाइनको विद्युत नै पटकपटक अवरुद्ध हुने गरेको छ।प्रदेशको अस्थायी राजधानी धनगढीसँगै पहाडी जिल्लामा पनि बिना सूचना विद्युत कटौती हुँदै आएको हो। बत्ती आउने र जानेले गर्दा दैनिकीमा धेरै असर भइरहेको धनगढीकी हेमा खड्काले बताइन्। उनले भनिन्, &ls

बिजुली आपूर्तिमा खास समस्या नभएको घिसिङको दाबी

काठमाडौं । नियमित बिजुली आपूर्तिमा कुनै समस्या नरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नेपाल समाचारपत्रसँगको कुराकानीमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त कुरा बताउनुभएको हो । अहिले जुनसुकै बेलामा पनि बिजुली जाने गरेको छ, उत्पादन वा आयातमा खास के समस्या हो भन्ने जिज्ञासामा उहाँले भन्नुभयो– ‘अहिले बिजुली प्रवाह संयन्त्रमा कुनै समस्या छैन, मर्मत सम्भार […]

झ्याप्प–झ्याप्प बिजुली जाने समस्या कायमै

‘१४–१५ गते उपत्यकामा ओभरलोडले धेरै नै समस्या आएको थियो। ओभरलोडकै कारण ६०–७० वटा ट्रान्सफर्मरमा समस्या आएको हो,’ उनले भने, ‘अधिकांश ठाउँको समस्या समाधान भइसकेको छ। केही ठाउँमा समस्या आएको होला, त्यहाँ पनि मर्मतसम्भार जारी छ।’...

झ्याप झ्याप बिजुली जाने समस्या समाधान हुन्छ : कुलमान

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले झ्याप झ्याप बिजुली जाने समस्या समाधान हुने बताएका छन् ।विद्युतको खपत बढेको कारण बेलामा बेलामा बिजुली जाने समस्या देखिएको बताउँदै उनले यसको समस्या समाधानका लागि प्राधिकरणले प्रकृया अघि बढाइसकिएको बताए । “३८ सय ट्रान्सफर्मरमध्ये ५०÷६० वटामा समस्या देखिएको हो, सबैमा समस्या छैन तर यस्तो समस्या आउन नदिन […]

खै बिजुली?

काठमाडौं, पुस १६ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली खपत बढाउन आग्रह गरिरहेका बेला सबैभन्दा बढी विद्युत् खपत हुने उपत्यकामा आपूर्ति भने खल्बलिएको छ। एक सातायता उपत्यकाका अधिकांश ठाउँमा नियमित आपूर्ति नहुँदा उपभोक्ताले ‘खै बिजुलीर ?’ भन्न थालेका छन्। पूर्वसूचनाबिनै झ्याप्प–झ्याप्प बिजुली जाने समस्या ह्वात्तै बढेपछि उपभोक्ताले यस्तो प्रश्न गर्न थालेका हुन्। […]

फेरि बढ्यो झ्याप-झ्याप बिजुली जाने समस्या, के गर्दैछ प्राधिकरण ?

२ पुस, काठमाडौं । काठमाडौंमा फेरि झ्याप-झ्याप बिजुली जाने क्रम बढेको छ । पछिल्ला दिनमा जसरी चिसो बढेको छ, त्यही दरमा विद्युत जाने समस्या बढेको छ । बिहीबार दिउँसो काठमाडौंका विभिन्न स्थानमा पटक-पटक बिजुली गयो । लाइनहरु प्रभावित हुँदा सर्वसाधारणले सास्ती भोग्नुपर्‍यो । गत वर्षहरुमा पनि यस्तै समस्या देखिने गरेको थियो । गत वर्ष धेरैले […]

प्राधिकरणमा कुलमान ल्याउने तयारी

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि नियुक्तिका लागि सरकारले वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन दबाब दिएको छ ।मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाकै सामु ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्झा भुषालले कुलमानलाई ल्याउनकै लागि शाक्यलाई पदबाट राजीनामा दिन दबाब दिएकी हुन् । उनले पछिल्लो समय बिजुली जाने समस्या बढेको, […]

कुलमान बाहिरिएपछि बिजुली जाने समस्या बढ्यो, दोष मुसाको कि कर्मचारीको ?

काठमाण्डाै - पूर्व अर्थसचिव रामेश्वर खनालले बुधबार ट्वीटमार्फत गुनासो पोख्नुभयो, ‘कता पस्यो मुसा फेरि । बिजुली गएर बित्यासै पार्यो ।’ ट्वीटरमै सुदर्शन काफ्लेले लेख्नुभयो, ‘समय-समयमा अघोषित रुपमा लोडसेडिङ गराइ जनतालाई पहिले झैं १८ घन्टे लोडसेडिङ भोग्न बाध्य पारेर जेनेरेटर, सोलार, ब्याट्री, इनभर्टर जस्ता साम...

बत्ती आउने-जाने समस्या बढ्यो, के गर्दैछ प्राधिकरण ?

१ पुस, काठमाडौं । विद्युत प्राधिकरणले पछिल्ला दिनमा विद्युत उपभोग बढाउन उपभोक्तालाई लगातार आग्रह गरिरहेको छ । तर, विद्युत आपूर्तिको नियमिततामा भने उसले आश्वस्त तुल्याउन सकेको छैन । केही दिनयता बेला-कुबेला झ्याप्झ्याप बिजुली जाने समस्याले राजधानीकै …