धनगढी : सुदूरपश्चिममा अघोषित लोडसेडिङको समस्या भएको छ। प्रदेशवासी अघोषित लोडसेडिङको मारमा परेका छन्। गर्मी बढेसँगै जानकारीबिना लामो समयका लागि बिजुली जाने–आउने हुँदा सास्ती बढेको हो। सुदूरपश्चिम प्रदेशमा ६५ प्रतिशत घरधुरीमा पहुँच भएको राष्ट्रिय प्रशारण लाइनको विद्युत नै पटकपटक अवरुद्ध हुने गरेको छ।प्रदेशको अस्थायी राजधानी धनगढीसँगै पहाडी जिल्लामा पनि बिना सूचना विद्युत कटौती हुँदै आएको हो। बत्ती आउने र जानेले गर्दा दैनिकीमा धेरै असर भइरहेको धनगढीकी हेमा खड्काले बताइन्। उनले भनिन्, &ls