उपकरणले नधान्दा झ्याप्प–झ्याप्प बत्ती जान थाल्यो, २६० मेगावाट भारतबाट आयात

काठमाण्डौ – जाडो बढेसँगै बिजुली जाने समस्या बढेको छ । हिटर, एसी लगायतका उपकरण चलाउने क्रम बढेकाले माग बढेसँगै बिजुली जाने समस्या बढेको हो । काठमाण्डौको नेपालटार, नयाँ बानेश्वर, शान्तिनगर, भक्तपुर र ललितपुरका विभिन्न ठाउँमा झ्याप्प–झ्याप्प बत्ती गइरहेको उपभोक्ताले गुनासो गरेका छन् । यस्तै चितवन, कैलाली, कपिलवस्तु, नवलपुर, सुर्खेत लगायतका जिल्लाका उपभोक्ताले पनि बत्ती गइरहेको गुनासो गरेका छन् । चाहिने बेलामा नै बत्ती जाँदा समस्यामा परेको उपभोक्ताको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले नेपाललाई चाहिनेजति बिज...

सम्बन्धित सामग्री

तिहारमा फूलको कारोबार कम भएपछि व्यवसायी चिन्तित

काठमाडौं । फूल कृषक तथा व्यवसायीले यस वर्षको दिपावलीमा फूलको उचित मूल्य पाउन नसकेको भनी गुनासो गरेका छन् । रङ्गीचङ्गी बत्ती र फूलैफूलको उत्सवका रूपमा परिचित तिहारका अवसरमा अत्यधिक प्रयोग हुने सयपत्री फूलले यस वर्ष बजार नपाउँदा किसान तथा व्यवसायी निरास भएका हुन् ।  फ्लोरिकल्चर एशोसियशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले देश बाहिरबाट वैध तथा अवैधरूपमा ठूलो परिणाममा फूल आयात भइदिँदा, विश्व आर्थिक मन्दीको प्रभाव सर्वत्र पर्दा र काठमाडौं महानगरपालिकाले चार ठाउँबाट मात्र फूल बेच्न पाउने निर्णय गर्दा यसपटक तिहारमा नेपाली फूलको कारोबारमा कमी आएको बताए ।  आर्थिक मन्दीका कारण काठमाडौं उपत्यकाका सटर, पसलकवल उल्लेखनीय सङ्ख्यामा खाली भएको, सञ्चालनमा आएका पनि यसअघिका तिहारमा जस्तो झकीझकाउ नदेखिएको र संस्कृतिसँग जोडिएको फूल व्यवसायको कारोबार निश्चित ठाउँबाट मात्र गर्न पाउने स्थानीय सरकारको निणर्यका कारण फूल कृषक तथा व्यवसायी मारमा परेका फ्लोरिकल्चर एशोसियशनले स्पष्ट गरेको छ ।  यस वर्ष तिहारमा बढीमा पाँच लाख माला आयात भए पुग्ने भनी सम्बन्धित निकायको ध्यानाकर्षण गरेकामा त्योभन्दा ठूलो परिमाणमा भारतबाट आयात भएकाले नेपालमा उत्पादित फूलले बजार नपाएको फ्लोरिकल्चर एशोसियशनले जनाएको छ । यसअघिका वर्षमा जस्तो काठमाडौंका प्रमुख चोक तथा मुख्य सडक आसपासमा फूलमाला किनबेच गर्न नपाउने कामपाको निर्णयका कारण पनि यस वर्षको तिहारमा फूल व्यवसायको कारोबार प्रभावित भएको व्यवसायीको गुनासो छ ।   भृकुटीमण्डपमा फूलमाला विक्री गरिरहेका धादिङको महादेवबेंसीका चन्द्रबहादुर थापा र काभ्रेपलाञ्चोकको पाँचखालकी पार्वती खरेलले वर्षौंदेखि तिहारमा फूल कारोबारमार्पmत परिवारको पालनपोषणका साथै तिहार खर्चको व्यवस्था गरिँदै आएकामा यस वर्ष फूलले उचित बजार नपाउँदा तिहार मान्ने अवस्था नरहेको बताए । गाउँबाट रू सात सयका दरले ल्याएको फूल यहाँ रू तीन सयमा पनि विक्री नभइदिँदा निरुत्साहित भएको उल्लेख गर्दै उनीहरूले फूल व्यवसायीले अघिल्ला वर्षमा जस्तै काठमाडौंका प्रमुख सडक चोकमा यमपञ्चकभर व्यवसाय गर्न पाउनुपर्ने माग गरे ।  काठमाडौं महानगरपालिकाले यस वर्ष फ्लोरिकल्चर एशोसियशनका प्रतिनिधि समेतको उपस्थितिमा भृकुटीमण्डप, बालाजु, कोटेश्वर–तीनकुने र हाँडीगाउँमा मात्रै फूल विक्री वितरण गर्न पाउने व्यवस्था मिलाएको छ । काठमाडौं उपत्यकाको काँठ क्षेत्रसहित धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, गोरखा, उदयपुरलगायत जिल्लाबाट काठमाडौं उपत्यकामा सयपत्री फूल विक्रीका लागि ल्याइएको छ । रासस

नेपालमा सोलार ऊर्जा: क्षमताको ३.३३ प्रतिशत मात्रै विकासको चरणमा

काठमाडौं। नेपालको जलविद्युत् उत्पादन क्षमता ८३ हजार मेगावाट र लगानीको हिसाबले सम्भाव्य ४२ हजार मेगावाटलाई आधार मान्दा सबैजसो आयोजना कुनै न कुनै हिसाबमा विकासको विभिन्न चरणमा पुगेका छन् । तर, ३० हजार मेगावाट उत्पादन सम्भावना रहेको सोलारमा अहिलेसम्म हजार मेगावाटका आयोजना मात्रै विकासको विभिन्न चरणमा छन् । त्यसबाहेक व्यक्तिगत रूपमा घरायसी प्रयोजनका लागि राखिएका सिंगल सोलार प्यानलको संख्या पनि घट्दो क्रममा छ । जलविद्युत् उत्पादन भने हरेक वर्ष बढिरहेको छ । अहिले नेपालमा जलविद्युत्को जडितक्षमता ३ हजार मेगावाट पुगेको छ । २/३ वर्षअघि जडितक्षमता १२/१५ सय मेगावाट मात्रै हुँदा नियमित विद्युत् पाउने सर्वसाधारणले उत्पादन बढेपछि भने झन् धेरै हैरानी पाइरहेका छन् । विगतमा समय तोकेर यतिदेखि यतिबजेसम्म विद्युत् आपूर्ति हुँदैन भन्ने लोडशेडिङ तालिका निकालिन्थ्यो । उक्त समयमा वैकल्पिक ऊर्जाका लागि भन्दै सोलार र इन्भर्टरको जोहो गरिएको हुन्थ्यो । २०७४/७५ पछि क्रमश: लोडशेडिङ अन्त्य हुँदै गएपछि अहिले सीमित व्यक्तिबाहेक धेरैले सोलार र इन्भर्टर राखेका छैनन् । विद्युत् उत्पादन क्षमता बढेर दोब्बर भए पनि यसको आपूर्ति भने झन् झन् खस्किँदै गएको छ । जडित उत्पादन क्षमता १५ सय मेगावाट मात्र हुँदा सहजै विद्युत् आपूर्ति पाइरहेका उपभोक्ताले बिजुलीको उत्पादन बढ्दै जाँदा त्यसको सजाय पाउँदै गएको भान हुन्छ । झ्याप्प झ्याप्प बत्ती जानु, पंखा, एसी, मोटरलगायत धेरै बिजुली खपत गर्ने उपकरण चलाउन पावर नपुग्नु त कहिले हाई भोल्टेज विद्युत् आपूर्ति भएर घरको सबै बिजुलीको सिस्टम नै बिग्रिनु अहिले आम समस्या भइसकेको छ ।  विकसित देशमा कोइलाको अभाव भई उत्पादनमा कमी आउँदा नियमित विद्युत् आपूर्तिमा समस्या भइरहेको छ । तर, उनीहरूले विद्युत् आपूर्तिमा कमी हुँदै छ भन्ने संकेत पाउनेबित्तिकै आफ्नो घरको बिजुली माग आफै धान्ने गरी वैकल्पिक व्यवस्था गर्न शुरू गरिसकेका छन् । अर्थात् उनीहरूले घरको छानोमा सोलार प्यानल राखेर आफूलाई चाहिने विद्युत्को जोहो आफै गरिरहेका छन् । नेपालमा पनि बिजुलीको गुणस्तरमा सुधार आएन भने ७/८ वर्षअघि नेपालमा राम्रै व्यापार भइरहेको सोलारको माग फेरि पनि बढ्न सक्ने ऊर्जाक्षेत्रका जानकार बताउँछन् । विगतको भन्दा परिष्कृत सोलार प्यानलका कारण अहिले थोरै खर्चमा पनि आफूलाई चाहिने विद्युत् आफै जोहो गर्न सकिने अवस्था छ । हिजोका दिनमा एउटा घरको छतभरि सोलार राख्दा पनि आफैलाई नपुग्ने बिजुली उत्पादन हुन्थ्यो । तर, अहिले छतभर होइन घरको एउटा कुनामा मात्रै सोलार राख्दा पनि घरलाई पुग्ने बिजुली उत्पादन गर्न सक्ने प्रविधि विकास भइसकेको छ । यो वर्ष जलवायु परिवर्तनका कारण विश्वभरको तापक्रम बढेको छ । तापक्रम बढ्नु भनेको स्वत: ऊर्जाको माग पनि बढ्नु हो । नेपालमा पनि भरपर्दो वितरण प्रणाली भइदिएको भए पंखा राखेको परिवारले एसी राख्न सक्थे भने ग्यास विस्थापित गरेर विद्युतीय चूल्होमा खाना पकाउन सक्थे । तर, वितरण प्रणालीमा सुधार आउने कुनै संकेतसम्म नदेखिएकाले अब सर्वसाधारणले फेरि सोलार प्यानल राखेर भए पनि विद्युतीय चूल्होमा खाना पकाउन सक्ने जानकार बताउँछन् । नेपालमा सोलारको अवस्था राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालका ६६ लाख ६० हजार ८४१ घरधुरीमध्ये ४ लाख २९ हजार १४१ घरधुरीले वैकल्पिक ऊर्जा सोलारको प्रयोग गरिरहेका छन् । त्यो भनेको कुल घरधुरीको ६ दशमलव ६ प्रतिशत हो । सन् २०११ मा सोलार प्रयोग गर्ने घरधुरीको संख्या ७ प्रतिशतभन्दा बढी थियो । त्यसबाहेक ८२ हजार ४१८ घरधुरीले बिजुली नै बाल्न पाएका छैनन् । उनीहरूको घरमा सोलारसमेत नरहेको तथ्यांकले देखाउँछ । हजार मेगावाट सोलार विकासको चरणमा नेपालमा पछिल्लो ३ वर्षको अवधिमा १ हजार मेगावाट क्षमताका सोलार आयोजना विभिन्न चरणमा गएका छन् । त्यसमध्ये १२ ओटा सोलार आयोजनाबाट ५८ मेगावाट विद्युत् उत्पादन शुरू नै भइसकेको छ । यद्यपि यसलाई जलविद्युत्सँग तुलना गर्दा २० मेगावाट मात्रै हो । पछिल्लो ३ वर्षको अवधिमा १२ ओटा आयोजनाबाट विद्युत् उत्पादन शुरू हुँदा अहिले यस क्षेत्रमा हजारौं लगानीकर्ताले सम्भावना खोजिरहेका छन् । अहिले ५ मेगावाट क्षमताका २ आयोजनाले निर्माणको अनुमति माग्दै विद्युत् विकास विभागमा निवेदन दिएका छन् । १४१ मेगावाट क्षमताका ४ आयोजनाले सर्वेक्षण अनुमति माग्दै विभागमा निवेदन दिएका छन् । ९९ मेगावाट क्षमताका १४ आयोजनाले निर्माण अनुमति पाएका छन् भने ७०५ मेगावाट क्षमताका ४० आयोजनाले सर्वेक्षण अनुमति पाएका छन् । सबै गरेर अहिले १ हजार मेगावाट क्षमताका सोलार आयोजना विभिन्न चरणमा रहेको देखिन्छ । सोलार भए चाहिँदैन जलाशययुक्त आयोजना नेपालजस्तो नदी प्रवाहमा आधारित आयोजनाको बाहुल्य रहेको ठाउँमा ऊर्जा सम्मिश्रणका लागि सोलारको निकै ठूलो महत्त्व छ । तर, सरकारले त्यसअनुसार नीतिहरू नल्याउँदा सोलारको विकास सोचे जसरी हुन नसकेको ऊर्जाविज्ञ डा. सन्दीप शाहले बताए । भारतमा आजको दिनमा २४ प्रतिशत अंश सोलारको पुगेको भए पनि नेपालमा भने यो १ प्रतिशत पनि पुग्न सकेको छैन । तर, सरकारले भने ऊर्जा सम्मिश्रणका लागि सोलारको अंश १० प्रतिशत राख्ने निर्णय पहिले नै गरेको थियो । निर्णय गरेअनुसार काम नगर्दा सोलार विद्युत्को उत्पादन निकै पछि परेको छ । ३ हजार मेगावाट जलविद्युत् उत्पादन हुँदा १ हजार मेगावाट सोलार उत्पादन गर्न सकेको भए नेपालमा हिउँदमा भारतबाट आयात गर्नुपर्ने विद्युत््को परिमाण निकै नै घटाउन सकिन्थ्यो भने वर्षामा पनि विद्युत् खेर जाने अवस्था आउने थिएन । सोलार उत्पादनले दिउँसोको माग धान्ने र अर्धजलाशययुक्त आयोजनाले बिहान बेलुकाको पिक माग धान्ने हो भने जलाशयुक्त जलविद्युत् आयोजना नहुँदा पनि सहजै विद्युत्को गुणस्तरीय आपूर्ति गर्न सकिने जानकारहरू बताउँछन् । घरायसी प्रयोगका लागि रूफटप सोलार  रूफटप सोलार राख्दा १ किलोवाट क्षमताको मूल्य करीब ८० हजार रुपैयाँ पर्छ । एक किलोवाटको सोलारबाट दैनिक ५ युनिट विद्युत् उत्पादन हुन्छ । ५ किलोवाट क्षमताको रूफटप सोलार राख्दा करीब ४ लाख रुपैयाँसम्म खर्च हुन्छ । यसले दैनिक २० देखि २५ युनिट विद्युत् उत्पादन गर्छ । बेलाबेलामा प्यानलमा रहेको धूलो सफा गरिदिने हो भने ४० वर्षसम्म सोलारबाट करीब उत्ति नै क्षमताको विद्युत् लिन सकिने रिडी पावर कम्पनीका कार्यकारी निर्देशक कुवेरमणि नेपाल बताउँछन् ।  एक हजार वर्गफिटको घरको छतमा २५ किलोवाट क्षमताको रूफटप सोलार राख्न सकिने र यसले दैनिक १०० युनिट विद्युत् उत्पादन गर्ने उनको भनाइ छ । रूफटप सोलार राखेर नेट मिटरिङको सुविधा लिँदा दिउँसो खपत नभएको विद्युत्लाई प्राधिकरणले किनिदिन्छ भने रातमा चाहिने विद्युत् प्राधिकरणले नै दिन्छ । महीना पुगेको दिन सोलारको उत्पादन बढी भएमा विद्युत् प्राधिकरणले पैसा तिर्छ भने उत्पादन कम भएको अवस्थामा अपुग बिजुलीको मात्रै ग्राहकले पैसा दिनुपर्छ । यो व्यवस्था केही समयअघि कार्यान्वयनमा आएको पनि अहिले विद्युत् प्राधिकरणले यसमा थप गृहकार्य नगरेको पनि नेपालले बताए ।

४ वर्षपछि फर्कियो लोडशेडिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतबाट बिजुली ल्याउन नसकेपछि औपचारिक रूपमै औद्योगिक क्षेत्रमा लोडशेडिङ (विद्युत् कटौती) गर्न थालेको छ । प्राधिकरणले बुधवार पूर्वसूचना दिएरै औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्न थालेको हो । अभाव शुरू भएसँगै प्राधिकरणले अघोषित (सूचना नदिई) रूपमा औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्दै आएको थियो । तर, बुधवारदेखि पूर्वसूचना दिएरै काट्न थालेको हो । प्राधिकरणले बुधवार बिहान १० बजेबाट ४८ घण्टासम्म अर्थात दुई दिन औद्योगिक क्षेत्रमा विद्युत् कटौती हुने सूचित गरेको छ । यस अवधिमा फरक फरक समयमा विद्युत् कटौती हुनेछ । कुनै उद्योगमा दैनिक १२ र कुनैमा १६ घण्टासम्म विद्युत् कटौती हुने प्राधिकरणको भनाइ छ । नेपालमा ४ वर्षपछि लोडशेडिङ फर्किएको हो । १५ वर्षदेखिको लोडशेडिङ २०७५ वैशाख ३१ गते अन्त्य भएको थियो । भारतबाट बिजुली ल्याएर आपूर्ति दिइरहेको प्राधिकरणले त्यहाँ पनि किन्न नपाएपछि समस्या आएको जानकारी दिएको छ । सुक्खायाममा नेपालमा विद्युत् उत्पादन कम हुन्छ । यो बेला घरेलु माग धान्न भारतबाट आयात गर्नुपर्छ । पछिल्लो समय भारतमै विद्युत् उत्पादन घटेको छ । भारतमा कोइलाबाट उत्पादन हुने विद्युत्को अंश बढी छ । रूस–युक्रेन तनावका कारण पछिल्लो समय विश्वभर कोइला अभाव भएको छ । त्यसको असर भारतको विद्युत् उत्पादनमा परेको हो । अहिले भारतमै दैनिक ८ घण्टासम्म लोडशेडिङ हुने गरेको छ । भारतबाट पर्याप्त बिजुली पाउन नसकेपछि औद्योगिक क्षेत्रमा कटौती गर्न थालिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘बिडमार्फत माग गरेअनुसार भारतबाट विद्युत् नपाउँदा आपूर्तिमा केही समस्या आयो । त्यसैले औद्योगिक क्षेत्रमा पूर्वसूचना दिएर विद्युत् कटौती गर्न थालेका छौं,’ आर्थिक अभियानसँग उनले भने, ‘भारतबाट बिजुली किन्न पाए अवस्था सामान्य हुँदै जान्छ । नभए केही समय आपूर्तिमा समस्या हुन सक्छ ।’ अहिले प्राधिकरणले लाइटिङ (घरायसी) ग्राहकलाई भने २४ सै घण्टा बिजुली दिइरहेको छ । औद्योगिक क्षेत्रमा मात्र कटौती गर्नुपरेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराई बताउँछन् । विद्युत् आपूर्ति सहज बनाउन प्राधिकरण प्रयत्नशील रहेको उनको भनाइ छ । असारदेखि नेपालमै आवश्यकभन्दा बढी विद्युत् उत्पादन हुन्छ । त्यसपछि यस्तो समस्या नहुने प्राधिकरणको भनाइ छ । त्यसबेलासम्म आपूर्ति खल्बलिन सक्छ । लोडशेडिङ हुन थालेपछि औद्योगिक क्षेत्र स्वत: मारमा परेको छ । इन्धन र बिजुली उद्योगलाई नभई नहुने चिज हुन् । अहिले लोडशेडिङ हुन थालेपछि उद्योग सञ्चालन प्रभावित भएको व्यवसायी बताउँछन् । ऊर्जा अभावले उद्योगहरू घाटामा जाने, बन्द हुने डर व्यवसायीलाई छ । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ताले विद्युत् कटौतीले उद्योग प्रभावित भएको बताए । ‘अब उत्पादन लागत बढ्ने र उद्योग घाटामा जाने देखिन्छ । तैपनि अहिलेको समस्या हामीले राम्रोसँग बुझेका छौं,’ उनले भने, ‘प्राधिकरणले जति समय दिन्छु भनेको छ, त्यो समयसम्म निरन्तर गुणस्तरीय बिजुली दिनुपर्छ । एकपटक बिजुली काटियो भने हाम्रो लागत स्वत: बढ्छ । बत्ती जाँदा मेशिनमा भएको कच्चा पदार्थ काम लाग्दैन ।’ तोकिएको समयमा निरन्तर बिजुली दिइरहे उद्योगहरूले सोहीअनुसार तयारी गर्ने उनको भनाइ छ । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले लोडशेडिङबाट सिमेन्ट उद्योग बढी प्रभावित हुने बताए । सिमेन्ट, डण्डी उद्योग सञ्चालन गर्न बढी बिजुली चाहिन्छ । त्यसकारण लोडशेडिङ हुँदा यस्ता उद्योग बढी मारमा परेको उनको भनाइ छ । ‘केही समयमै सामान्य अवस्था आयो भने त उद्योगलाई जेनतेन गरेर सञ्चालन गर्न सकिएला । समस्या लम्बियो भने उद्योग नै बन्द गर्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने, ‘यो महँगीमा डिजेल किनेर चलाउन पनि सकिँदैन, समाधानको अन्य विकल्प पनि केही देखिँदैन । हामी यसबेला साँच्चै नै चिन्तित छौं ।’ सरकारले घरायसी विद्युत् कटौती गरेर भए पनि उद्योगलाई सक्ने जति दिनुपर्ने उनको माग छ । ‘यो संकटमा सबैले हातेमालो गर्न आवश्यक छ । सरकारले घरायसी विद्युत् कटौती गरेर हामीलाई दिए पनि राम्रो हुने थियो,’ उनले भने, ‘तर, सरकारलाई उद्योगधन्दा चलाउन पर्छ भन्ने नै छैन । अहिले उद्योग प्रभावित हुँदा समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्छ । यो कुरा सरकारले बुझ्नु पर्छ ।’

फूलको पर्व तिहार र सयपत्री फूलको व्यापार (फोटो फिचर)

कात्तिक १८, काठमाडौं । नेपालीहरूको महत्त्वपूर्ण चाड हो तिहार । तिहारको महत्वपूर्ण पक्ष भनेको फूल पनि हो । तिहारमा सजावट, पूजा र भाइटीकामा मालाका लागि फूल नभइ हुन्न । यो बेला फूल किनबेच अधिक हुने गर्छ । यो मौसममा अनेकथरिका फूल फुल्ने गर्दछन् । मखमली र सयपत्री फूल त तिहारको विशेषता नै हुो । तिहारलाई फूलको पर्व पनि भनिन्छ ।  बत्ती, फलफूल र विभिन्न फूलहरुको पर्वको रुपमा लिइने तिहारको आगमनसँगै मुलुकभर फूलको व्यापार ह्वात्तै बढेको छ । काग, कुकुर, गाई, गोरु, म्हः पूजा र भाईटीकाको लागि अति आवश्यक पर्ने फूल राजधानीका सडकमात्र होइन मुलुकभर विक्रीवितरणको लागि राखिएका छन् । विशेषतः पहेंलो र रातो रंगको फूलहरुको माग तिहारमा धेरै हुने गर्दछ ।   लक्ष्मी पूजाको दिन बिहीवार कालिमाटी चोकमा सयपत्री फूल बेच्न ग्राहकको प्रतिक्षामा बसेका व्यापारी ।  प्रतिमाला १०० देखि २०० रुपैयाँसम्ममा विक्री हुने गरेको उनीहरुको भनाइ छ । यसपटक सयपत्री फूलखेतीमा किसानको आकर्षण बढेकोले पनि फूलको उत्पादन बढेको छ । यसपटकको तिहारमा फूल तयार हुने समय उपयुक्त भएको र कोरोना कहर मत्थर हुँदै गएकोले माग पनि दोब्बर बढेको किसानहरुले बताएका छन् ।   चितवनको कालिका नगरपालिका वडा नम्बर २ का फूल किसान गोविन्द बास्तोलाले यो वर्ष उत्पादनसँगै दिनहुँ माग पनि बढेको बताए । ‘पोहोर ७ कठ्ठामा फूल लगाउँदा मागपनि थिएन उत्पादन पनि थिएन उनले भने,  अहिले डेढ बीघामा लगाएको छु माग पुर्‍याउनै सकेको छैन ।’ नेपालमा तिहारमा खपत हुने अधिकांश सयपत्री, मखमली फूल भारतबाट भित्रिने गरेको छ । फूलमा नेपाल लगभग आत्मनिर्भर भएपनि मालाका लागि सयपत्री फूल भने अझै भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको व्यवसायीहरूले बताएका छन्। नेपालमा तिहारमा मात्रै सयपत्रीका १६ लाख ओटा माला विक्री हुने गरेको फ्लोलिकल्चर एशोसिएशनले बताएको छ । स्वदेशी फूलमा आत्मनिर्भर बन्ने  हो भने सरकारले फूलखेतीमा लागेका कृषकहरुलाई सहयोगका लागि आवश्यक नीति बनाउन आवश्यक रहेको  व्यवसायीहरु बताउँछन् ।

तिहारमा १८ लाख ५० हजार मालाको माग, एउटाको मूल्य कति पर्ला ?

दशैँ पछिको दोस्रो ठूलो चाडका रुपमा लिईने तिहार नजिकिँदै छ । बत्ती र फूलको चाडका रुपमा लिईने यो पर्वमा बत्तीका लागि स्वदेशकै बिजुलीले झिलिमिली हुने भएपनि फूल भने भारतबाट आयात गर्नुपर्ने बाध्यता छ ।स्वदेशी उत्पादनले नधानेपछि यस वर्ष तिहारका लागि ५० हजार बढी सयपत्री फूलको माला आयात हुने भएको छ । यति धेरै मात्रामा फूल आयात गर्नुपर्ने अवस्था भने केही दिन अघिको बेमौसमी वर्षाले गराएको हो । नत्र, उक्त परिणाममा माला ल्याउनुपर्ने अवस्था रहँदैनथ्यो भन्छन् पुष्प व्यवसायीहरु ।स्वदेशी उत्पादन नबढेको र टिप्ने बेलाको फूल बेमौसमी वर्षाले नष्ट गरिदिएपछि भारतबाट ल्याउनैपर्ने बाध्यतामा व्यवसायीहरु पुगेका हुन् ।माग बढ्यो, उत्पादन घट्योप्रत्येक वर्ष फूलको माग २० प्रतिशतले बढ्दै गएको व्यवसायीहरुको तथ्यांक छ । गत वर्ष भारतबाटै २ लाख सयपत्रीका माला ल्याईएको थियो । कोरोनाका कारण तिहारमा खासै व्यापार नहुने अनुमान गरेर पुष्प खेती गर्ने उद्यमी तथा किसानहरुले यसवर्ष लगानी बढाएनन् । जसका कारण उत्पादन खुम्चियो ।फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङ फागुनदेखि साउनसम्म फूल लगाउने, रोप्ने, गोडमेल गर्ने समय भएपनि यो अवधिमा कोरोनाको जोखिम कारण लगानी गर्न नसकिएको र अहिले माग अनुसार उत्पादन नभएको बताउँछन् ।‘माग बढेको छ, उत्पादन घटेको छ’ उनी भन्छन्, ‘माग बढेपनि यसपाली हामीले भारतबाट अत्यन्तै थोरै माला मात्रै ल्याउँदैछौँ ।’गत वर्षको भन्दा उल्लासले यसवर्ष दशैँ मनाएको हुनाले तिहार पनि त्यस्तै उल्लासमय हुने देखिएको छ । तर, स्वदेशी उत्पादनले फूलको माग पूरा गर्न नसक्ने भएको हो । १८ लाख मालाको माग, मूल्य बढ्नेयस वर्षको तिहारमा १८ लाख ५० हजार मालाको माग रहेको एसोसियनसल बताएको छ । योमध्ये १५ लाख ५० हजार सयपत्री र ३ लाख मखमली तथा गोदावरी फूलको मालाको माग छ ।व्यवसायीहरुले माग बढी र उत्पादन कम भएकाले मालाको मूल्य बढ्ने पनि बताएका छन् । १ मिटर सयपत्री फूलको मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म पर्नेछ । यसको २ वटासम्म माला बन्छ । तर, तयारी माला उपभोक्ताले खरिद गर्दा एउटाकै १२० रुपैयाँभन्दा बढी पर्ने अनुमान गरिएको छ ।पुष्प व्यवसायमार्फत अहिले दैनिक ७० लाखको कारोबार हुने गरेको छ । वार्षिक ३ अर्ब बराबरको कारोबार हुँदै आएको पुष्प व्यवसाय अहिले फस्टाउँदै पनि छ । व्यावसायिक रूपमै १५७ हेक्टर क्षेत्रफलमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ ।