काठमाडौं (अस) । कोभिडको तेस्रो लहरपछि सुस्ताएको पर्यटनलाई गतिशील बनाउन बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले होलिडे प्याकेज ल्याएको छ । कम्पनीले पहिलो चरणका लागि पोखरा र भरतपुरलाई छनोट गरेको छ । विस्तारै देशका अन्य पर्यटकीय गन्तव्यमा सहज होलिडे प्याकेज ल्याइने बुद्ध एयर तथा होलिडेजका सिनियर एक्जुकेटिभ म्यानेजर पराशरजंग पाण्डेले बताए ।
बुद्ध होलिडेजले अहिलेसम्म ३८०० स्वदेशी तथा विदेशी नागरिकलाई पोखरालगायत विभिन्न गन्तव्यको होलिडे प्याकेजमार्फत सेवा पुर्याएको छ । युवालाई लक्षित गरी ल्याइएको होलिडे प्याकेजमा दुईतर्फी हवाई टिकट, पोखरामा एयरपोर्ट पिकअप–ड्रप, ट्वीन सेयरिङ एसी रुम र बिहानको ब्रेकफास्ट समावेश गरिएको छ । यो अफर फेबु्रअरी १५ तारिखसम्म लागू गरिएको छ । कम्पनीले काठमाडौंबाट पोखरा प्याकेज प्रतिव्यक्ति ६,९९९, चितवन प्याकेज प्रतिव्यक्ति ९,९९९, पोखरा प्याकेज भैरहवाबाट प्रतिव्यक्ति ७,९९९, चितवनबाट ७,९९९, सिमराबाट ८,९९९ , नेपालगञ्जबाट ९,९९९ रुपैयाँ रहेको कम्पनीले बताएको छ ।