पाल्पामा एक पुरुष मृत भेटिए

पाल्पाको रामपुर नगरपालिका–५, मटेरीमा एक पुरुष मृत फेला परेका छन् । प्रहरीकाअनुसार मृत फेला पर्नेमा ५५ वर्षीय मनबहादुर विक रहेका छन् । घरदेखि २ सय ५० मिटर टाढा ठूलो आँप भन्ने स्थानमा भित्री कच्ची सडक छेउमा शुक्रबार दिउँसो विक मृत भेटिएका हुन् ।बिहान खाना खाएर घरबाट हिँडेका उनलाई स्थानीयले सडक छेउमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मिर्गौलाको समस्याबाट गुज्रिँदै आएका उनको तीनपटक शल्यक्रिया गरेको परिवारले जनाएको छ । उनको मृत्युबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

सम्बन्धित सामग्री

पाल्पामा एक पुरुष मृत भेटिए

पाल्पा। पाल्पाको रामपुर नगरपालिका–५, मटेरीमा एक पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार मृत फेला पर्नेमा ५५ वर्षीय मनबहादुर विक रहेका छन् । घरदेखि २ सय ५० मिटर टाढा ठूलो आँप भन्ने स्थानमा भित्री कच्ची सडक छेउमा शुक्रबार दिउँसो विक मृत भेटिएका हुन् । बिहान खाना खाएर घरबाट हिँडेका उनलाई स्थानीयले सडक छेउमा मृत […]

पाल्पामा ५५ वर्षीय पुरुष मृत भेटिए

पाल्पाको रामपुर नगरपालिका–५, मटेरीका ५५ वर्षीय मनबहादुर विक शुक्रबार दिउँसो मृत अवस्थामा भेटिएका छन् ।