बझाङ : बझाङमा २ जना पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा एक जना छबिसपाथीभेरा – ७ का र एक जना सुर्मा –१ का रहेका छन्। उनीहरु फरक फरक ठाउँमा मृत अवस्थामा फेला परेका हुन्।छबिसपाथिभेरा गाउँपालिका – ७ बुड्खोरीका वर्ष ४३ का जंग धामी घर नजिकै नौपाते भन्ने ठाउँमा आज बिहान मृत फेला परेका हुन् भने, सुर्मा गाउँपालिका – १ दौलीचौरका वर्ष ४४ का किट्टु बोहरा मंगलबारदेखि घरबाट हराएका र हिजोसम्म घर नफर्केपछि खोजतलास गर्दा घरबाट केही टाढा पदाली भन्ने ठाउँमा मृत फेला परे