बैतडी : बैतडीमा एक युवक मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा जिल्लाको डिलाशैनी गाउँपालिका–६ सउगाउँमा ३७ वर्षीय जयबहादुर बोहरा रहेका छन्।बोहरा गोकुले–धामीगाउँ सौगाउ सडकको किनारमा मृत फेला परेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। भदौ १० गते बेलुका गोकुले बजार जान्छु भनी निस्केका बोहरा घर नफर्केपछि खोजतलास गर्दा सडक किनारमा मृत फेला परेका हुन्।मादक पदार्थ सेवन गरिराख्ने बोहराको मृत्यु कसरी भयो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। बोहराको